नराकोट स्वास्थ्य चौकीमा भिडियो एक्स–रेसहित ल्याब « Khabarhub

नराकोट स्वास्थ्य चौकीमा भिडियो एक्स–रेसहित ल्याब


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स–रे सञ्चालनमा ल्याएको छ । आज स्वास्थ्य प्रयोगशालको उद्घाटन गर्दे पालिका अध्यक्ष पूर्णप्रसाद धितालले भने, “सो स्वास्थ्य चौकीमा सुविधा सम्पन्न ल्याब प्रयोगशाला स्थापना गरी सञ्चालनमा आएको छ ।”

अध्यक्षका अनुसार प्रयोगशालामा चाहिने जनशक्तिको खुल्ला प्रतिस्पर्धाबाट व्यवस्थापन भइसकेको छ । अब भिडियो एक्स–रेका लागि अब जनताले बाहिर गएर खर्च गर्नु पर्दैन । पालिका हरेक वडामै गएर ज्येष्ठ नागरिक, घरदैलो निःशुल्क स्वास्थ्य उपचार गर्ने स्थानीय सरकार लागिपरेको अध्यक्ष धितालले जानकारी दिए ।

स्वास्थ्य चौकीमा ल्याबसहितको भिडियो एक्स–रे प्रयोगशाला सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीलाई निकै राहत पुग्ने नराकोट स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीमा स्रोत साधनको अभावले स्वास्थ्यकर्मीलाई काम गर्न कठिन भएको जनगुनासो आएपछि उक्त प्रयोगशाला स्थापना गरिएको सिञ्जा गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सिञ्जाका नागरिकको अपेक्षाअनुुसार वडामै गएर योजना सम्झौतादेखि गाउँ केन्द्रित स्वास्थ्य सेवा दिन थालेको पालिकाका प्रवक्ता तथा वडा नं २ का वडाध्यक्ष तीर्थ वडले जानकारी दिए। यसअघि पालिकाले वडा नंं २ मा प्रसूति गूह र वडा नं ६ मा आधारभूत स्वास्थ्य चौकीसमेत स्थापना गरिसकेको सिञ्जा गाउँपालिका अध्यक्ष धितालको भनाइ छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : २० बजे

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

एजेन्सी – विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण

निर्वाचनका लागि सरकार र मुख्य दलबीच समझदारीको पक्षमा राष्ट्रपति

काठमाडौं- फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि वातावरण

प्रधानमन्त्री बाहिरिइन्, तीन दलका नेता शीतल निवासमै  

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँगको छलफलपछि प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति भवनबाट

नयाँ चलचित्र जाँचपास कार्यविधिमा चलचित्रकर्मीले देखाए खोट

काठमाडौं – नेपाली फिल्म क्षेत्रमा सेन्सरको विवाद नयाँ होइन ।

मधेस प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– राष्ट्रिय दलित आयोगद्वारा आज मधेस प्रदेशप्रमुख समक्ष पाँचौँ वार्षिक