कामपाको नमुना विद्यालय : सम्पदा संरक्षणदेखि सहरी कृषि खेतीबारे पठनपाठन « Khabarhub

कामपाको नमुना विद्यालय : सम्पदा संरक्षणदेखि सहरी कृषि खेतीबारे पठनपाठन


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नमुना विद्यालय सञ्चालनके लागि विनियमावली तयारीको काम गरिरहेको छ । ती विद्यालयमा ऐतिहासिक सम्पदाको संरक्षण, कला, संस्कृति र सहरी कृषिलाई अध्ययनको विषय बनाउने कामपाले योजना छ ।

नमुना विद्यालय सञ्चालनका लागि नयाँ विनियमावली आवश्यक पर्ने भएकाले सोही अनुसार काम भइरहेको कामपाले जनाएको छ । कामपामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये कामपाले ऐतिहासिक दरबार हाई स्कुल, भानु, संस्कृत र कन्या माविलाई नमुना विद्यालयका रुपमा घोषणा गरेको छ । कामपाले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै यी विद्यालयलाई नमुना विद्यालय घोषणा गरेको हो ।

उक्त विद्यालयलाई थप गुणस्तर र अन्य विद्यालयभन्दा अतिरिक्त कार्यक्रम सञ्चालनका लागि यस वर्ष रु एक करोड बजेट विनियोजन गरेको छ । घोषणा गरिएका ती नमुना विद्यालयमा विशेषगरी ऐतिहासिक सम्पदा, सहरी कृषि र कलाको आवश्यकता र महत्वका बारेमा विद्यार्थीलाई अतिरिक्त समय मिलाएर पठनपाठन गराइने कामपा शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिए । सल्लाहकार अर्यालले भने, “नमुना विद्यालय भएसँगै उक्त विद्यालय अन्यभन्दा फरक र गुणस्तरीय हुन जरुरी छ, त्यसका लागि कामपा प्रयासरत छ ।”

के पढाइन्छ नमुना विद्यालयमा ?

कामपाका नमुना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाका बारेमा पठनपाठन गराइने कामपाको योजना रहेको छ । नमुना विद्यालयअन्तर्गत कन्या माविमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्न सकिन्छ भन्नेबारे विद्यार्थीलाई ज्ञान दिइनेछ ।

ऐतिहासिक सम्पदाको संरक्षणले समाज व्यवस्थापनका लागि कसरी सहयोग पुग्छ । दैनिक जीवनमा प्राकृतिक सम्पदाको स्रोतहरूले कसरी प्रभाव पार्छ, त्यसलाई बचाउन किन आवश्यक छ भन्नेबारे अध्यापन गराइनेछ ।

त्यसैगरी संस्कृत विद्यालयमा सहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ । जुन हाम्रो दैनिक जीवनमा उपयोगी हुन सक्छ । सहरमा प्रशस्त खुला स्थान छैन थोरै ठाउँमा पनि कसरी कृषि कार्य गर्न सकिन्छ भन्नेबारे सिकाइन्छ ।

त्यस्तै भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी रहेको छ । पछिल्लो समय कलाको आवश्यकता यसको संरक्षण जस्ता विषय यसमा समावेश हुनेछन् । जसका लागि ललितकलासँग समन्वय गरेर अघि बढ्ने तयारी कामपाको रहेको छ । हेर्दा सामान्य लागे पनि तीनवटै विद्यालयमा पठनपाठन गर्ने शिक्षा व्यावहारिक रहने विश्वास कामपाले लिएको छ । उक्त शिक्षा अतिरिक्त समयमा अध्ययन गराइनेछ ।

कस्तो हुनुपर्छ नमुना विद्यालय ?

नमुना विद्यालय अन्य विद्यालयभन्दा फरक हुन्छ । जहाँ विद्यार्थीलाई फरक किसिमको क्रियाकलापमा सहभागी गराइन्छ । जुन विद्यालय नमुना हो त्यहाँ प्रविधिको सहज पहुँच, गुणस्तरीय शिक्षा, आन्तरिक कार्यक्रम, विद्यार्थी सङ्ख्याका आधारमा आवश्यक विषयगत शिक्षक दरबन्दीजस्ता विषय अनिवार्य समावेश हुनुपर्छ । आधुनिक पुस्तकालयको व्यवस्था जसको कारण नमुना विद्यालयहरू अन्य विद्यालयभन्दा गुणस्तरीय बन्न सक्नेछन् ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ९ : १५ बजे

दमकमा तीन सवारी एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर– झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन्- करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा