गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा  « Khabarhub

गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा 


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सर्लाही– गोलभेँडाको उचित मूल्य नपाएपछि लालबन्दीका किसान मर्कामा परेका छन् । भारतबाट गोलभेँडा बजारमा भित्रिन थालेपछि जिल्लामा उत्पादित गोलभेँडाले मूल्य पाउन नसक्दा उनीहरु मर्कामा परेका हुन् । हाल किसानहरूले गोलभेँडा प्रतिक्रेट एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका छन् । 

प्रतिकेजी छ देखि आठमा बेच्नुपर्दा लागत उठाउन मुस्किल भएको हरिवन नगरपालिका–२, आँमटोलका किसान रामपुकार महतोले गुनासो गरे । ‘सुरुमा एक क्रेटको रू एक हजार दुई सयसम्म हुन्थ्यो तर अहिले एक सय ५० मा बेच्नु परेको छ’, उनले भने। भारतबाट गोलभेँडा भित्रिँदा यहाँका किसान मारमा परेका उनको भनाइ थियो ।

लालबन्दी नगरपालिका-१०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले क्रेटको रू डेढ सयका दरले बेच्नु पर्दा लागत उठाउन नै समस्या भइरहेको बताए। उनका अनुसार काठमाडौँका व्यापारीले पनि किसानबाट सस्तोमा गोलभेँडा किन्ने गरेका छन् । लालबन्दी नगरपालिका–१ नवलपुरका किसान रामचरित्र कुशवाहले १० कठ्ठामा गोलभेँडा खेतीगरेका छन्  । ‘बजारमा व्यापारीले भारतीय गोलभेँडा सस्तोमा आइरहेको छ भन्दै हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्’,उनले भने ।

खेतमा पाकेका गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा बिक्री गर्न  बाध्य छन् । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान मारमा परेका कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीका बजार व्यवस्थापक शम्भुप्रसाद घिमिरेले बताए ।

बजारमा अहिले भारतीय गोलभेँडा धेरै भित्रिएको छ, जिल्लामा पनि धेरै नै उत्पादन हुँदा किसानले उचित मूल्य पाउन नसकेका कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका व्यापारी तोरनबहादुर मगरले बताए । जिल्लाको लालबन्दी, रानीगन्ज, पत्थरकोट, चन्द्रपुर, हीरापुर, नवलपुर, अत्रौली, सासापुरलगायतका क्षेत्रमा गोलभेँडाको व्यावसायिक खेती गरिन्छ ।

लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा काठमाडौँको कालीमाटीलगायत देशका प्रमुख बजारमा निर्यात भइरहेको कृषि थोक बजार व्यवस्थापन समिति लालबन्दीले जनाएको छ । कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेवप्रसाद कुशवाहले कृषि बजार निर्देशनालय, नगरपालिका, व्यापारी र किसानले संयुक्त रुपमा बजार भाउ तोक्नुपर्ने बताउँछन् । स्थानीय सरकारले बेवास्ता गर्दा आफूहरू मर्कामा परेको किसानहरुको गुनासो छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १ : ३७ बजे

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती

जेन-जी आन्दोलन : बालेनले मानवअधिकार आयोगमा दिए बयान

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गत भदौ २३ र

जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दल सच्चिएर अघि बढ्नुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जनताले खोजेको परिवर्तनका लागि राजनीतिक दलहरू

व्यास-१४ मा गौरवको आयोजना ‘गरजौदी खानेपानी’

तनहुँ– जिल्लाको व्यास नगरपालिका–१४ मा गौरवको आयोजनाका रूपमा रहेको गरजौदी