सेयर बजारमा ४.९७ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ४.९७ अंकको वृद्धि


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा वृद्धि भएको छ । लगातार घटेको सेयर बजार आज नेप्से परिसुचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकिएको छ । मंगलबार नेप्से परिसुचकमा १५.७४ अंकले ओरालो लागेको थियो । सोही दिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।

नेप्से परिसूचकका अनुसार ११० कम्पनीमा उकालो लागेको छन  भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थीर रहेको छ । साथै, बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । सो क्रममा १ अर्ब ७६ भन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

यस्तै, नवील बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । आजका १३ उपसुचकहरु मध्ये ५ कम्पनी बाहेक सबै उपसुचकहरुमा वृद्धि भएको छ । 

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ३ : ४० बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)