सेयर बजारमा ४.९७ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ४.९७ अंकको वृद्धि


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा वृद्धि भएको छ । लगातार घटेको सेयर बजार आज नेप्से परिसुचकमा ४.९७ अंकले उकालो लागेर २११६.६५ विन्दुमा आएर रोकिएको छ । मंगलबार नेप्से परिसुचकमा १५.७४ अंकले ओरालो लागेको थियो । सोही दिन २ अर्बभन्दा बढीको सेयर कारोबार थियो ।

नेप्से परिसूचकका अनुसार ११० कम्पनीमा उकालो लागेको छन  भने ९३ कम्पनी ओरालो लागेका छन् । साथै १३ कम्पनीको अवस्था स्थीर रहेको छ । साथै, बुधबार २६१ कम्पनीको कारोबार भएकोमा ५० लाख २४ हजार ३८१ कित्ता सेयर किनबेच भएको छ । सो क्रममा १ अर्ब ७६ भन्दा बढी रुपैयाँको कारोबार भएको छ । 

यस्तै, नवील बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । यस बैंकको करिब ६ करोड रुपैयाँको सेयर बिक्री भएको छ। साथै, रिडी पावर कम्पनीको ४ करोड ९२ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । आजका १३ उपसुचकहरु मध्ये ५ कम्पनी बाहेक सबै उपसुचकहरुमा वृद्धि भएको छ । 

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ३ : ४० बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी