बुटवल उपमहानगरमा स्वास्थ्य केन्द्र निर्माण « Khabarhub

बुटवल उपमहानगरमा स्वास्थ्य केन्द्र निर्माण


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

देउखुरी– बुटवल उपमहानगरपालिकाभित्र ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउन सुविधा सम्पन्न दुईवटा भवन निर्माण थालिएको छ । वडा नं १७ को मोतीपुर र वडा नं १३ को बेलबासमा १६-१६ शय्याका अक्सिजन सुविधासहित स्वास्थ्य केन्द्रको निर्माण सुरु भएको हो । 

एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा एउटा स्वास्थ्य केन्द्रका लागि एक करोड ५७ लाख लाग्ने बताइएको छ । उक्त केन्द्रको भवन निर्माणका लागि गत मङ्सिरमा बोलपत्र स्वीकृत भएकामा  निर्माण कम्पनीले आगामी असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । 

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहित स्वास्थ्यकर्मी रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका सेवा प्रदान गरिने उपमहानगरले जनाएको छ । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रका लागि  जनशक्ति तथा आवश्यक पूर्वाधार बुटवल उपमहानगरले उपलब्ध गराउने जनाइएको छ ।

 

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : ०९ बजे

भक्तपुर दरबार स्क्वायरमा पर्यटक (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन

चितवन राष्ट्रिय निकुञ्जमा ई–टिकटिङ सुरु

नारायणगढ– चितवन राष्ट्रिय निकुञ्जले पर्यटकका लागि अनलाइनबाटै प्रवेश टिकट काट्न

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ