विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै « Khabarhub

विराटनगरमा केबल तारको व्यवस्थापन गरिँदै


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर – विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा जथाभावी लत्रिएका केबल र नेटका तार व्यवस्थापन गर्न थालेको छ ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने महानगरको अभियानअन्तर्गत तार व्यवस्थापनमा तीव्रता दिइएको हो ।

महानगरपालिकाको निर्देशनपछि केबल तथा नेट प्रदायक कम्पनी आफैँ तारको व्यवस्थापनमा जुटेका छन् । गत पुस २८ गतेदेखि तार व्यवस्थापन थालिएको थियो ।

तार व्यवस्थापनका लागि महानगरप्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर महानगरले पटक–पटक बैठकसमेत राखेको थियो ।

विभिन्न चरणका बैठकको निर्णयानुसार तार व्यवस्थापन भइरहेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । म्याक्स, सुविसु, वल्र्डलिङ्क, भाइनेट, नेपाल टेलिकमलगायत कम्पनीले तार व्यवस्थित गरिरहेका छन् । चैत मसान्तभित्र सबै तार व्यवस्थापन गरिसक्ने कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  १० : ५५ बजे

वैतेश्वरका ७ सडकमा एकैपटक ठेक्का, ८ करोड २० लाख बजेट

दोलखा– वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्रका सातवटा मुख्य ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिका

टस जितेर विराटनगर किङ्सविरुद्ध बलिङ गर्दै जनकपुर बोल्ट्स

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत विराटनगर किङ्सविरुद्धको खेलमा जनकपुर

आज सुनको मूल्य बढ्यो : चाँदीको घट्यो

काठमाडौं– आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको

६ मिटरभन्दा कम चौडाइका सडकमा प्रदेशले बजेट नदिने : मुख्यमन्त्री थापा

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आगामी आर्थिक वर्षदेखि

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी