झापाका कृषकलाई ४५ लाख अनुदान « Khabarhub

झापाका कृषकलाई ४५ लाख अनुदान


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बनियानी – प्रदेश नं १ सरकारले मकैखेती प्रवद्र्धनका लागि झापामा रु ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर रु १५ हजारका दरले अनुदान आएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिएका छन् ।

जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् । कृषकले सात सय हेक्टरमा खेती गरेको भन्दै अनुदानका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । आवेदनका आधारमा स्थलगत अनुगमन भइरहेको छ । मकैखेती प्रवद्र्धनअन्तर्गत सरकारले मान्यता दिएका बीउ प्रयोग गरी खेती गरेका सूचीकृत कृषि फार्म, कृषि समूह, कृषकले अनुदान पाउने छन् ।

सरकारले उत्पादन बढाउने उद्देश्यले हाइब्रिड जातका मकैलाई प्राथमिकता दिएको छ । झापामा अहिले कतै मकै रोपिसकिएको छ भने कतै रोप्ने अवस्थामा छ । छिटपुटरूपमा उत्पादित मर्क किसानले बिक्रीका लागि बजारमा ल्याउन थालेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ११ : ११ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही