ट्राफिक प्रहरीद्वारा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन « Khabarhub

ट्राफिक प्रहरीद्वारा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ट्राफिक प्रहरीले सडकमै पुगेर सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मङ्गलबार उपत्यकाका विभिन्न स्थानमा छ सय ८२ चालकसँग सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले सडकै गएर सडक सुरक्षा सचेतना कक्षा सञ्चालन गरिएको जानकारी दिए। ट्राफिक प्रहरीले नयाँ बसपार्कमा एक सय ५०, बौद्धमा एक सय १९, नागढुङ्गामा ९२, न्युरोडमा ७०, सुकेधारामा ६०, सोह्रखुट्टे र स्वयम्भूमा ५०-५०, कपनमा ३०, बूढानीलकण्ठमा २५, कीर्तिपुरमा २२, काँडाघारीमा नौ, थानकोटमा तीन र भैँसेपाटीमा दुईजना चालकलाई सडक सुरक्षा सचेतना दिइएको हो ।

कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना तथा त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको प्रवक्ता भट्टले बताए। यस्तै, तीव्र गति, आरक्षण सिट, रातोबत्ती, फुटपाथ पार्किङ, सडक लेनलगायतका विविध ट्राफिक नियम तथा कानुनका बारेमा पनि सजग गराइएको सो कार्यालयले जनाएको छ ।  

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियान नै चलाएर चालकसहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  २ : ३९ बजे

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन्। मंगलबार

त्रियुगा नगरपालिकाको नयाँ भवन निर्माण

उदयपुर– त्रियुगा नगरपालिकाको सुविधासम्पन्न चारतले भवन निर्माण भएको छ ।

नवलपुरमा थपिए ९ हजार मतदाता

नवलपरासी– बर्दघाट सुस्तापूर्व नवलपुरमा नौ हजार २३७ मतदाता थपिएका छन्