धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने « Khabarhub

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने


१ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै गएपछि डायलाइसिस सेवा विस्तार गरिएको छ । बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालमा सेवा विस्तार गरिएसँगै डायलाइसिस गर्न पालो कुर्नु नपर्ने भएको हो । अहिले मिर्गौला रोगीका लागि अस्पतालमा छुट्टै कक्ष स्थापना गरेर सेवा दिन थालिएको हो ।

नियमित डायलाइसिस गर्नुपर्ने बिरामीलाई सहज रूपमा सेवा दिने उद्देश्यले अस्पतालमा गण्डकी प्रदेश सरकारको रु २० लाख लागतमा छुट्टै कक्ष स्थापना गरिएको अस्पतालका प्रमुख डा किरण तिवारीले बताए । उनका अनुसार अस्पतालले दैनिक ६४ जनालाई डायलाइसिस सेवा दिइरहेको छ ।

छुट्टै कक्ष स्थापना गरेपछि थप २० जनाको डायलाइसिस गर्नसक्ने क्षमता विस्तार भएको डा तिवारीले उल्लेख गरे । अस्पतालमा आवश्यकताअनुसार शय्या थप्ने काम भएको भन्दै उनले आवश्यक उपकरण प्रदेश सरकारले उपलब्ध गराउने भएपछि सेवा विस्तार गरिएको बताए ।

‘पछिल्लो समय मृगौला पीडित बिरामी बढ्दै गएका छन् । उहाँहरूलाई लामो समय लाइनमा बस्नुपर्दा असहज हुने देखिएपछि अस्पतालले सेवालाई थप प्रभावकारी र सहज बनाउन कक्ष स्थापना गरेको हो’, प्रमुख तिवारीले भने, ‘सीमित बिरामीको डायलाइसिस गर्नुपर्ने हुँदा ३० जना लाइनमा बस्नुपर्ने बाध्यता थियो । अब भने यो समस्या अन्त्य भएको छ ।’

यसैबीच अस्पतालले हालै सर्पदंशको उपचार सेवा सुरु गरेको छ । योसँगै अस्पतालमा ‘सिटी स्क्यान’ उपकरण जडान भएपछि ट्रमाका बिरामीले पनि सहज रूपमा सेवा पाउन थालेका अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०८३, सोमबार  १० : ३० बजे

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप