राष्ट्रिय भूमि आयोग खोटाङमा १९९ भूमिहीनको निवेदन | Khabarhub Khabarhub

राष्ट्रिय भूमि आयोग खोटाङमा १९९ भूमिहीनको निवेदन


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका १९९ भूमिहीनले जग्गा प्राप्तिका लागि राष्ट्रिय भूमि आयोग समक्ष निवेदन दिएका छन्। राष्ट्रिय भूमि आयोग जिल्ला समितिले मङ्गलवार पत्रकार सम्मेलन गर्दै १४९ भूमिहीन सुकुम्वासी र ५० भूमिहीन दलितले लग्गा प्राप्तिका लागि सम्बन्धित वडा कार्यालयमार्फत निवेदन दिएको जानकारी दिएको छ ।

यस्तै, जग्गा प्राप्तिका लागि ५८० अव्यवस्थित बसोबासोकी निवेदन परेको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका सदस्य सचिव नापी कार्यालयका प्रमुख मदन खत्रीले जानकारी दिए । ‘भूमिहीन कोही नहुन्’ भन्ने सरकारको नीति अनुसार जग्गा प्राप्तिका लागि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासलाई ३५ दिनको अवधि दिएर २०७९ भदौ १ गते सुचना प्रकाशित गरेको थियो ।

तर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचार संहिताको कारण २०७९ असोज १ गतेदेखि २०७९ मङ्सिर २७ गतेसम्म बन्द गरिएको लगत सङ्कलनको काम पुनः २०७९ मङ्सिर २८ गतेदेखि २०७९ पुस २ गतेसम्म सञ्चालन गरिएको थियो । दिइएको समय अवधिमा जग्गा प्राप्तिका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गरी ७७९ जनाको निवेदन परेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङका अध्यक्ष सुरेश राईले बताए ।

आयोगका अनुसार जग्गा प्राप्तिका लागि खोटेहाङ गाउँपालिकामा ८ जना भूमिहीन सुकुम्वासी, ६ जना भूमिहीन दलित र १० जना अव्यवस्थित बसोबासोकी निवेदन परेको छ । केपिलासगढी गाउँपालिकामा ६ जना भूमिहीन दलित र ६ जना अव्यवस्थित बसोबासोकी निवेदन परेको छ । केपिलासगढीमा भूमिहीन सुकुम्बासीको निवेदन परेको छैन ।

जन्तेढुंगा गाउँपालिकामा १५ भूमिहीन सुकुम्वासी र ३१ अव्यवस्थित बसोबासोकी मात्र निवेदन परेको छ । हलेसी तुवाचुङ नगरपालिकामा १४ भूमिहीन सुकुम्वासी, ८ भूमिहीन दलित र १४० अव्यवस्थित बसोबासोकी निवेदन परेको छ । बराहपोखरी गाउँपालिकामा १८ भूमिहीन सुकुम्वासी र ३७ अव्यवस्थित बसोबासोकी निवेदन परेको छ । बराहपोखरीमा भूमिहीन दलितको निवेदन परेको छैन । रावाबेँसी गाउँपालिकामा १५ भूमिहीन सुकुम्वासी र ४२ अव्यवस्थित बसोबासोकी मात्र निवेदन परेको छ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १६ भूमिहीन सुकुम्वासी, ४ भूमिहीन दलित र ५२ अव्यवस्थित बसोबासोकी मात्र निवेदन परेको छ । ऐसेलुखर्क गाउँपालिकामा ६ भूमिहीन सुकुम्वासी र ४ भूमिहीन दलितको मात्र निवेदन परेको छ । साकेला गाउँपालिकामा ६ भूमिहीन सुकुम्वासी, ६ भूमिहीन दलित र ६२ अव्यवस्थित बसोबासोकी निवेदन परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५१ भूमिहीन सुकुम्वासी, १६ भूमिहीन दलित र २०० अव्यवस्थित बसोबासोकी निवेदन परेको आयोगले जनाएको छ । निवेदन दिन छुटेका भूमिहीन सुकुम्वासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका लागि पुनः आवेदन आव्हान गरिने अध्यक्ष राईले बताए ।

३५ दिने सूचनाको अवधिमा संकलन भएको निवेदन फारम स्थानीय तहको सेवा केन्द्रमा संकलन गरी पूर्ण भए-नभएको चेकजाँच गरी अपूर्ण फारमलाई पूर्ण विवरण भर्नकालागि वडाहरुमा पठाइएको छ । यस्तै, संकलन भएको निवेदन फारम स्थानीय तहको सेवा केन्द्रबाट आयोगले उपलब्ध गराएको लगत प्रविष्ट प्रणालीमा प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी दिइएको छ ।

निवेदनमाथि उजुर बाजुर परे सहजीकरण समितिमार्फत छानविन र सिफारिस गर्ने, भूमिहीनको हकमा परिवारको सदस्यको नाममा नेपाल भरी कहिँकतै जग्गा भएर नभएको मालपोत र विभागबाट जाँचबुझ गर्ने लगायतका प्रकृया अघि बढ्नेछन् ।

जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई आवासका लागि प्रतिपरिवार ३४० बर्गमिटर र कृषिका लागि ३ हजार बर्गमिटर जग्गा व्यवस्था गर्नुपर्ने प्रावधान छ । यस्तै, अव्यवस्थित बसोबासलाई आवासका लागि प्रतिपरिवार १ हजार बर्गमिटर र कृषि प्रयोजनका लागि १० हजार बर्गमिटर जग्गा उपलब्ध गराइने सदस्य सचिव एवं नापी कार्यालयका प्रमुख खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : ४५ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने