कानुनभन्दा बढी लिएको जमिन र पैसा फिर्ता हुनुपर्छ | Khabarhub Khabarhub

मिटरब्याज पीडितको आन्दोलन :

कानुनभन्दा बढी लिएको जमिन र पैसा फिर्ता हुनुपर्छ


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

यतिबेला मिटर ब्याज पीडित महोत्तरीको बर्दिबासलगायतका क्षेत्रबाट ११–१२ दिनको पैदल यात्रा वा मौन मार्चमार्फत काठमाडौँ आएका छन् । सरकार मार्फतको हारगुहारको लागि आफूसँग भएको सबै तमसुकलाई खारेज गर्नको लागि र पैदल यात्रा मार्फत सरकारलाई दबाब दिनको लागि उनीहरू काठमाडौँ आएका हुन् । आखिर उनीहरूलाई यस्तो अवस्था किन आइपर्‍यो ? यसै विषयमा आधारित भएर मिटरब्याज पीडित संघर्ष संघका अध्यक्ष मनोजकुमार पासवानसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंशः

तराईदेखि काठमाडौं पैदल आउनुपर्ने आवश्यकता किन पर्‍यो ? 
हामी एक वर्ष अगाडिदेखि नै सीडीओ, मुख्यमन्त्री सबैलाई तमसुक बुझाउँदै गयौ । कसैले केही सुनेनन् । हामीमाथि झनै पीडा थपियो । सरकारले नै पीडा नसुनेपछि हामीले त्यो पीडा सुनाउन अर्को संघर्षको योजना बनायौ । त्यो तराईदेखि काठमाडौँसम्मको पैदल यात्रा थियो ।

ऋण दिने व्यक्ति राजनीतिक दलका मिलेमतोमा छन् ? 
मधेशका ९० प्रतिशत शिक्षक यो फोहोरी खेलमा सामेल छन् । धेरै कर्मचारी यो खेलमा लागेका छन् । मधेशभर धेरै पीडित छन् । हामी ७१ जना जसमा ४२ जना महिला ३ बालबालिका र ३६ जना पुरुष मात्र पैदल काठमाडौं आएका हौँ ।

पैदल यात्रा गर्दा बाटोमा कस्तो समस्या भयो ?  
मधेशमा एउटा घुंघटबाट बाहिर ननिस्कने महिला यसरी विद्रोह गरेर बाहिर निस्कनु चुनौतीपूर्ण विषय हो । उहाँहरूको सुरक्षा नै चुनौती भयो । हेटौडासम्म समस्या भएन । तर त्यहाँबाट यता समस्या भयो । कसैको खुट्टा दुख्न थाले, कोही बिरामी भए । हामीले खाने कुरा पकाउनका लागि सामान आफैं किनेर बोकेका थियौं । कतिपय ठाउँमा हामीले सहयोग पनि पायौँ । ६ महिनाको बालकदेखि ७८ वर्षसम्मका वृद्धा आएका छौँ ।

जे अपेक्षा गर्नु भएको थियो त्यो पाउनु भयो ? 
हामी आएपछि सरकारले चासो देखाएको छ । अहिले हाम्रो संख्या वृद्धि भएको छ । नेता कार्यकर्ता आएर हामीलाई समर्थन गर्न थालेका छन् ।

मिटरब्याज पीडित संघर्ष समितिमा पनि  पनि गुट जस्तो देखियो । तपाई पनि कुनै पार्टीमा आबद्ध हुनुहुन्छ । यसले निष्कर्ष देला त ?
राजनीति पार्टी जो भए पनि जनताको लागि काम गर्नुपर्छ । जुन कुरा मैले इमानदारीपूर्वक गरिरहेको छु । जसमा कुनै राजनीति नै छैन । यो मुद्दा जुन पार्टीले उठाउँछ उसको पक्षमा जनता हुन्छन् । यो समस्या आजको मात्र होइन, कोही नेताहरू बोलेनन्, मेरो काम पार्टीसँग आबद्ध भए पनि यो काममा पार्टीको कुरा आउँदैन ।

कसैले तपाईँलाई प्रलोभनमा पारेका छैनन् ? 
छैनन् । प्रलोभनले मात्र यो आन्दोलन हुँदैन । पीडित साथीहरूले कुरा राख्नु हुन्छ । तर यो मिटरब्याजी व्यक्तिहरू ठूला घरानाका छन् । अब हामी यहाँ बाट घर जाँदा जोजो काठमाडौँ आएका छौँ उहाँहरूलाई सुरक्षाको आवश्यकता छ । उहाँहरूलाई किन गएको भन्ने धम्कीहरू आएको छन् । मधेशमा मिटर ब्याजको समस्या ठूलो छ । तर यसमा महिला शोषणलगायतका समस्या छन् । ऋण नदिँदा बलात्कार समेत भएका छन् । मुद्दा परेको छ तर कारबाही भएको छैन । यो कानुनी लडाइँ हो ।

मिटरब्याजमा एउटा ऋणले मिटर ब्याजबाट ऋण लिँदा कस्तो कस्तो प्रक्रिया हुन्छ ? 
जब मान्छेको काम पर्छ तब ऋण लिइन्छ । कुनै मिटर ब्याजीसँग मिटर ब्याजीमा ऋण लिँदा पहिला तीन लाखको तमसुक तयार गरिन्छ । सरकाको लाइसेन्स प्राप्त व्यक्तिले नै यस्तो गर्छन्। कसैको जमिन नै कब्जा गर्ने अवस्था आउँछ । पैसा चाहिएको छ जमिन दिन्छ । तब मात्र एक लाख दिन्छ । ३६ प्रतिशतको ब्याजमा दिन्छ र अर्को वर्षसम्म नतिरे अर्को ३६ प्रतिशत ब्याज हुन्छ । अन्तमा पुरै तिर्न नसकेपछि यो जमिन मेरो भयो भन्छ र उसले लिएको पैसा पनि कटाउन उसको घर जग्गालगायत पनि कब्जा गर्छ । त्यसमा अदालतले पनि कागजको आधारमा मात्र निर्णय गर्छ । आजसम्म हामीलाई यो विषयमा कुनै पार्टीले सहयोग गरेको छैन ।

तपाईँ कति वर्षदेखि यो समस्यामा पर्नुभयो ? 
म सात कक्षामा पढ्दै गर्दा मेरो दाइलाई पैसाको आवश्यकता परेको थियो र पैसा लिने क्रममा दुई जानसँग गरेर ५० हजारका दरले १ लाख रुपैयाँ लिएका थियौँ । त्यो पैसा तिर्न नसकेर सात कट्ठा जमिन गुमाउनु पर्‍यो ।

त्यो जमिन अब पाउनु हुन्छ त ? 
यो विषय जग्गाको मात्र हैन, महिलाको बलात्कार भएको कुरा छ धम्काएको कुराहरू छन् । स्वतन्त्रता पनि यो विषय जोडिएको छ । अब नेताले मिटरब्याजी, दाइजो प्रथाका बारेमा राजनीति गर्नुपर्‍यो ।

सकारले के गर्नु पर्‍यो अब ? 
यो तमसुक सबै खोज गर्ने। कानुन भन्दा बढी लिएको जमिन र पैसा फिर्ता गराउनुपर्छ । महिलाहरू माथि भएको बलात्कार लगायतका समस्याहरू माथि न्याय दिलाउनुपर्छ ।

(एभिन्युजसँगको सहकार्यमा तयार अन्तर्वार्ता)

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ११ : १९ बजे

गाजा युद्धपछिको गम्भीर मानवीय सङ्कटको भारतद्वारा निन्दा

एजेन्सी – गाजामा हमासविरुद्ध इजराइली सैन्य कारबाहीका बीच भारतले जारी 

नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नीति

माधव नेपालले कांग्रेससँग कुम जोड्न खोजेर अविश्वास बढाए : राजेन्द्रसिंह रावल (अन्तर्वार्ता)

गत वैशाख ६ गते सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त दीर्घराज सोडारीले अझैसम्म

आजका समाचार : नीति तथा कार्यक्रम प्रस्तुतदेखि संसद्मा कांग्रेसको अवरोध कायमैसम्म  

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति

पुजार सार्कीको तेस्रो गीत ‘जाउ माया’ सार्वजनिक

काठमाडौं– जेठ १० बाट प्रदर्शनमा आउने ‘मल्टिस्टारर’ फिल्म पुजार सार्कीको