पर्यटनको पुल अर्थात् अच्युत गुरागाईं « Khabarhub

पर्यटनको पुल अर्थात् अच्युत गुरागाईं

उद्योग वाणिज्य महासंघको चुनावमा भाग लिँदै


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्यटन विकास र पूर्वाधार सम्बन्धिको बहस हुँदा अच्युत गुरागाईंको नाम कतै छुट्दैन, कलेजदेखि कन्क्लेभसम्म । किनकि नेपालको पर्यटन प्रवर्द्धनमा गुरागाईंको भूमिका, अग्रणी छ । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पर्यटनलाई बुझेका छन् । जानेका छन् । एक्सप्लोर गर्न लागि परिरहेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्ष भएर काम गरेको अनुभव मात्र छैनन्, गुरागाईंसँग । विश्वका ८५ भन्दा बढी देश घुमेका छन् । त्यहाँको पर्यटन नीतिबारे जानकार छन् । उनी, पर्यटन र विकासको चिन्तक हुन् ।

उनै चिन्तक, आसन्न उद्योग वाणिज्य महासंघको निर्वाचनबाट केन्द्रीय समितिमा रहेर उद्योग क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा अझै योगदान गर्ने सोचमा छन् ।

केही दिनअघि मात्र काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महासंघको आगामी कार्यकालका लागि आफ्नो उम्मेदवारी रहने खुलाए । महासंघको निर्वाचनमा वस्तुगततर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेका गुरागाईँबाट पर्यटन उद्यमी र त्यसलाई एक्सप्लोर गरिरहेकाले विकास र प्रवर्द्धन हुने अपेक्षा गरेका छन् ।

गुरागाई, विश्वका ५० देशको पर्यटनबारे मात्र जानकार छैनन्, कम्तीमा १० भाषा बोल्न सक्छन् । र, नेपालको पर्यटनलाई त्यहाँसम्म जोड्ने पुल बनेका छन् । जसको सार्वजनिक वृत्तमा अहिले पनि चर्चा चल्छ ।

वेस्टर्न ट्राभल मार्ट, बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टलगायतको आयोजना गरेर पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन र आर्थिक विकासको क्षेत्रमा काम मात्र गरेनन्, विश्वमा पर्यटन बुझेका व्यवसायीसँग सहकार्य गरेर नेपाली पर्यटनलाई उचाइमा पुर्‍याउन भूमिका खेल्ने, गुरागाईं पनि हुन् ।याउन भूमिका खेल्ने, गुरागाईं पनि हुन् ।

भन्छन्, ‘पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्छ । त्यसमा हामी मात्र होइन सबैले चासो व्यक्त गर्न जरुरी छ । नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरि चिनाउने लक्ष्य मेरो मात्र होइन हाम्रो हुनुपर्छ ।’

पर्यटन अभियन्ताका रूपमा मात्र परिचित छैनन् उनी, समाजसेवामा पनि उत्तिकै समर्पित छन् । लायन्स क्लब अन्तरास्ट्रियमार्फत प्रत्यक्ष समुदायलाई लाभ पुग्ने विभिन्न कामसमेत गरेका छन् ।

नाट्टाको नेतृत्व सम्हाल्दा उनको चारैतिर वाहवाही चलेको थियो । दुई वर्षअघि मात्र कोभिडको त्रासपूर्ण समयमा पर्यटन व्यवसायीहरूको हित संरक्षणमा उनी उभिएका थिए ।

महामारी कोभिडपछि पनि थिलथिलो भएको नेपाली पर्यटकीय गन्तव्यसम्म पर्यटकलाई डोर्‍याउन सक्रिय भएका थिए, उनी । पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको विस्तारको अग्रणी गुरागाईंको अब उद्योग वाणिज्य महासंघको चुनावबाट चुनिएर त्यस क्षेत्रको प्रवर्द्धन, आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ३ : ५९ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा