पर्यटनको पुल अर्थात् अच्युत गुरागाईं « Khabarhub

पर्यटनको पुल अर्थात् अच्युत गुरागाईं

उद्योग वाणिज्य महासंघको चुनावमा भाग लिँदै


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्यटन विकास र पूर्वाधार सम्बन्धिको बहस हुँदा अच्युत गुरागाईंको नाम कतै छुट्दैन, कलेजदेखि कन्क्लेभसम्म । किनकि नेपालको पर्यटन प्रवर्द्धनमा गुरागाईंको भूमिका, अग्रणी छ । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको पर्यटनलाई बुझेका छन् । जानेका छन् । एक्सप्लोर गर्न लागि परिरहेका छन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)को अध्यक्ष भएर काम गरेको अनुभव मात्र छैनन्, गुरागाईंसँग । विश्वका ८५ भन्दा बढी देश घुमेका छन् । त्यहाँको पर्यटन नीतिबारे जानकार छन् । उनी, पर्यटन र विकासको चिन्तक हुन् ।

उनै चिन्तक, आसन्न उद्योग वाणिज्य महासंघको निर्वाचनबाट केन्द्रीय समितिमा रहेर उद्योग क्षेत्रको विकास र पर्यटन प्रवर्द्धनमा अझै योगदान गर्ने सोचमा छन् ।

केही दिनअघि मात्र काठमाडौँको अनामनगरस्थित युनियन हाउसमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले महासंघको आगामी कार्यकालका लागि आफ्नो उम्मेदवारी रहने खुलाए । महासंघको निर्वाचनमा वस्तुगततर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरिरहेका गुरागाईँबाट पर्यटन उद्यमी र त्यसलाई एक्सप्लोर गरिरहेकाले विकास र प्रवर्द्धन हुने अपेक्षा गरेका छन् ।

गुरागाई, विश्वका ५० देशको पर्यटनबारे मात्र जानकार छैनन्, कम्तीमा १० भाषा बोल्न सक्छन् । र, नेपालको पर्यटनलाई त्यहाँसम्म जोड्ने पुल बनेका छन् । जसको सार्वजनिक वृत्तमा अहिले पनि चर्चा चल्छ ।

वेस्टर्न ट्राभल मार्ट, बुद्धिस्ट इन्टरनेशनल ट्राभल मार्टलगायतको आयोजना गरेर पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन र आर्थिक विकासको क्षेत्रमा काम मात्र गरेनन्, विश्वमा पर्यटन बुझेका व्यवसायीसँग सहकार्य गरेर नेपाली पर्यटनलाई उचाइमा पुर्‍याउन भूमिका खेल्ने, गुरागाईं पनि हुन् ।याउन भूमिका खेल्ने, गुरागाईं पनि हुन् ।

भन्छन्, ‘पर्यटन क्षेत्रको विकास हुँदा समग्र देशले फाइदा लिन सक्छ । त्यसमा हामी मात्र होइन सबैले चासो व्यक्त गर्न जरुरी छ । नेपाललाई पर्यटनको क्षेत्रमा विश्वभरि चिनाउने लक्ष्य मेरो मात्र होइन हाम्रो हुनुपर्छ ।’

पर्यटन अभियन्ताका रूपमा मात्र परिचित छैनन् उनी, समाजसेवामा पनि उत्तिकै समर्पित छन् । लायन्स क्लब अन्तरास्ट्रियमार्फत प्रत्यक्ष समुदायलाई लाभ पुग्ने विभिन्न कामसमेत गरेका छन् ।

नाट्टाको नेतृत्व सम्हाल्दा उनको चारैतिर वाहवाही चलेको थियो । दुई वर्षअघि मात्र कोभिडको त्रासपूर्ण समयमा पर्यटन व्यवसायीहरूको हित संरक्षणमा उनी उभिएका थिए ।

महामारी कोभिडपछि पनि थिलथिलो भएको नेपाली पर्यटकीय गन्तव्यसम्म पर्यटकलाई डोर्‍याउन सक्रिय भएका थिए, उनी । पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको विस्तारको अग्रणी गुरागाईंको अब उद्योग वाणिज्य महासंघको चुनावबाट चुनिएर त्यस क्षेत्रको प्रवर्द्धन, आर्थिक विकासमा टेवा पुर्‍याउने लक्ष्य छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ३ : ५९ बजे

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य

आईसीसी वरीयतामा बुमराहको छलाङ : कुन खेलाडी कहाँ छन् ?

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा भारतीय खेलाडी सधैँ अगाडि छन्।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन– मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार