आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी « Khabarhub

आईपीएलमा कोलकताविरुद्ध पञ्जाब ७ रनले विजयी


१८ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा शनिबारको पहिलो खेल वर्षाले प्रभावित हुँदा कोलकता नाइट राइडर्स पञ्जाव किंग्ससँग डिएलएसमा ७ रनले पराजित भएको छ ।

पञ्जाब्ले दिएको १९२ रनको लक्ष्य पछाएको कोलकोताले १६ ओभरमा ७ विकेट गुमाउदै १४६ रन बनाएपछि खेल बर्षाले रोकिएको थियो । त्यसपछि खेल हुन नसकेपछि डिएल मेथडअनुसार पञ्जाब ७ रनले विजयी भएको थियो ।

कोलकोताका लागि आन्द्रे रसेलले ३५, वेंकटेश अय्यरले ३४, कप्तान नीतिश राणाले २४ र रहमनुल्लाह गुर्बाजले २२ रन बनाएका थिए । त्यस्तै, पञ्जाबका बलर अर्शदीप सिंहले ३ विकेट लिए भने साम कुरान, नाथन इलिस, सिकन्दर राजा र राहुल चाहरले एक–एक विकेट लिएका थिए ।

त्यसअघि पञ्जावका लागि भानुका राजापाक्षले ३२ बलमा ५ चौका र २ छक्का मद्तमा सर्वाधिक ५० रन बनाए । कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाए । यो जोडीले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । यस्तै अर्का ओपनर प्रबसिमरन सिंहले २३, जितेश शर्मनले २१ र सिकन्दर राजाले १६ रन जोडे ।

कोलकताका टिम साउदीले २ तथा उमेश यादव, सुनिल नारिन र वरुन चक्रवर्तीले समान १ विकेट लिए ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ५८ बजे

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ