आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना « Khabarhub

आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू–भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

राति भने देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका थोरै तथा तराईका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ६ : १५ बजे

ट्राफिक कारबाहीबाट एकैदिन १९ लाख ६० हजार रुपैयाँ राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार ४५८ सवारीचालकलाई सवारी

२२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ

काठमाडौँ– प्रहरीले काठमाडौँबाट स्रोत नखुलेको २२ लाख रुपैयाँसहित क्रिप्टो मुद्रा

एक हिट खोजिरहेका ‘मुन्द्रे’

काठमाडौं – दीपक-दीपा क्याम्पबाट बाहरिएपछि जितु नेपाल ‘मुन्द्रे’ तङ्ग्रिन सकेका

खेलको दोस्रो मिनेटमै टर्कीविरुद्ध पराग्वेको पहिलो गोल

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘डी’ को खेलमा