ओलीमाथिको आक्रमणमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री प्रचण्ड  « Khabarhub

ओलीमाथिको आक्रमणमा सत्तारुढ दलको संलग्नता छैन : प्रधानमन्त्री प्रचण्ड 


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोसी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको प्रस्टीकरण दिएका छन्  ।

चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलक्षित आक्रमणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।

‘केपी ओलीजी पूर्व जाँदा केही आक्रमणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोसी प्रदेश नामकरणसँग असहमति राख्नेहरू छन् तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाहिँ विल्कुलै होइन। त्यो झुटो कुरा हो तर ओलीजीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरू रहेको गर्नुभएको छ, त्यो चाहिँ निकै संवेदनशील विषय हो।’, प्रधानमन्त्री प्रचण्डले भने।

यसअघि नेकपा एमालेले संसद र सडकमा अध्यक्ष ओलीमाथि भएको आक्रमणमा सत्तारुढ दलकै संलग्नता रहेको भन्दै विरोध जनाएको थियो।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ९ : ३० बजे

जेनजीसँगको वार्तापछि सामान्य बन्दै सिमरा क्षेत्र (तस्बिरहरू)

बारा– बाराको सिमरामा जेनजी युवा र नेकपा एमालेका नेता तथा

सागसब्जीमा विषादी न्यूनीकरणका लागि सचेतना अभियान

नवलपरासी– व्यावसायिक रूपमा उत्पादन हुने सागसब्जीमा विषादीको मात्रा देखिएपछि कृषि

लमजुङमा ७० रोपनी जमिनमा प्याज खेती गरिँदै

लमजुङ– लमजुङमा ७० रोपनी क्षेत्रफलमा प्याज खेती विस्तार गर्न लागेको

तीन पटक म्याद थप्दा पनि सकिएन नमूना पशु अस्पताल भवन निर्माण

तनहुँ– तनहुँको सदरमुकाम दमौलीमा निर्माण थालिएको भेटेरीनरी अस्पताल तथा पशु

कान्तिलोकपथमा ट्रक पल्टिँदा सडक अवरुद्ध

मकवानपुर– सडकमै ट्रक पल्टिएपछि हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ सडक आज बिहानदेखि