रवि सरकारमा आए भ्रष्टाचारका फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड  « Khabarhub

रवि सरकारमा आए भ्रष्टाचारका फाइल खोल्न तयार छु : प्रधानमन्त्री प्रचण्ड 


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन्।

प्रेस सेन्टरले चितवनमा आयोजना गरेको ‘पत्रकारसँग प्रधानमन्त्री’ कार्यक्रममा उनले रास्वपा सरकारमा आए आफू भ्रष्टाचारको फाइल खोल्न तयार रहेको बताएका हुन्।

‘तपाईँ आउनुस्, भ्रष्टाचारको कुन फाइल खोल्नुपर्‍यो म तयार छु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्।  सरकारमा आउने विषयमा लामिछाने पनि सकारात्मक रहेको प्रचण्डको भनाइ छ।

रविले आइतबार बिहान मात्रै प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेटेका थिए । त्यस क्रममा उनले पहिले पाएका मन्त्रालय पाउनुपर्ने, न्यूनतम साझा कार्यक्रमबाट हटाइएको भ्रष्टाचारको फाइल खोल्ने बुँदा समेट्नुपर्ने र स्थिर सरकार हुनुपर्ने सर्त अघि सारेका थिए।

प्रधानमन्त्री प्रचण्ड रविले रोजेकै मन्त्रालय दिन तयार भएका छन् । यसअघि रविले उपप्रधानसहित गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । नागरिकता खारेज भएपछि उनको पद गुमेको थियो । हाल पुनः प्रक्रिया सुरु गरेर उनले नागरिकता लिई उपनिर्वाचनमार्फत पुनः निर्वाचित भएर आइसकेका छन्।

प्रचण्डले आज चितवनमा आफ्नो सरकार पाँचै वर्ष टिक्ने जिकिर गर्दै हल्लाको पछि नलाग्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १० : ४३ बजे

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको