‘श्रमजीवी वर्गको अधिकार सुनिश्चितताले देश विकास हुन्छ’ « Khabarhub

‘श्रमजीवी वर्गको अधिकार सुनिश्चितताले देश विकास हुन्छ’


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेश प्रमुख तिलक परियारले श्रमजीवी वर्गको हकहित र अधिकार सुनिश्चितताले मात्र देशको विकास हुनसक्ने बताएका छन्।

प्रदेश प्रमुख परियारले १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कर्णालीवासीलगायत स्वदेश तथा विदेश रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि तथा मुलुकको उन्नति र प्रगतिको शुभकामना व्यक्त गर्दै निरन्तर आफ्नो कर्म क्षेत्रमा जुट्ने असङ्ख्य श्रमिकप्रति उनले सम्मान प्रकट गरेका हुन् ।

“सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ/आठ घण्टा काम, आराम र मनोरञ्जनलगायतका हकअधिकारको स्मरण गराउने गौरवशाली दिनका रुपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसका रुपमा मनाइन्छ । आफ्नो अधिकारका निम्ति एकताबद्ध सङ्घर्षमार्फत विजय हासिल गरेको यस गौरवपूर्ण विश्वश्रमिक दिवस मुलुक समृद्धिको मानक बनोस्, शुभकामना”, उनले भनेका छन् ।

नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकमा राखिएको बताउँदै प्रदेश प्रमुख परियारले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफनो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको जनाएका छन् । देशमा श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा विकास र रुपान्तरण सम्भव हुन नसक्ने भएकाले संवैधानिक व्यवस्थाको व्यावहारिक कार्यान्वयन वर्तमानको महत्वपूर्ण पक्ष भएको उनले बताए ।

विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गरेका उनले सम्पूर्ण मजदुर तथा श्रमिक नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै हार्दिक शुभकामना तथा बधाई ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  १२ : ०१ बजे

सरकारका गतिविधिबारे निरन्तर खबरदारी गर्नेछाैँ : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसले सरकारका कामकारबाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका

हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टी

राजनीतिक शक्ति गुमेपछि चौतर्फी घेराबन्दीमा देउवा दम्पती

काठमाडौं- कुनै समय नेपाली राजनीतिका अब्बल खेलाडी नेपाली कांग्रेसका सभापति

राप्रपाले मंसिर २६ देखि २८ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मंसिर २६ देखि

बालुवाटारमा प्लास्टिकका पानीका बोतल निषेध गर्ने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सरकारी निवास बालुवाटारमा प्लास्टिकका