वीरगञ्जमा गठीत न्यायिक समिति प्रभावकारी बन्दै « Khabarhub

वीरगञ्जमा गठीत न्यायिक समिति प्रभावकारी बन्दै


१८ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज महानगरपालिकामा गठन भएको न्यायिक समिति प्रभावकारी बन्दै गएको छ । उपप्रमुख वा उपाध्यक्षको संयोजकत्वमा गठित उक्त  समितिलाई सम्बन्ध सानातिना  विवाद मेलमिलापबाटै समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४६ मा न्यायिक समितिको व्यवस्था छ ।

 महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको संयोजकत्वमा गठित समितिले सानातिना विवाद मेलमिलापबाटै समाधान गर्न थालेपछि ससाना मुद्दामा अदालत नै धाउनुपर्ने बाध्यता अन्त्य भएको हो । न्यायिक समितिमा धेरैजसो उजुरी जग्गा विवाद, घर निर्माणमा खिचोला, लेनदेन, बालीनाली नोक्सानी, घरभाडाबो आउने गरेका न्यायिक समितिका अधिवक्ता धनबहादुर थापाले जानकारी दिए । 

समितिमा आउने उजुरीलाई स्थानीय जनप्रतिनिधिकै सक्रियतामा सम्बन्धित पक्षबीच मेलमिलाप गराउने काम भइरहेको उनले बताए । चालू आव २०७९-८० मा नयाँ र पुरानो गरी  २६ वटा मुद्दा फछर्यौट गरिएको  अधिवक्ता थापाको भनाइ थियो ।

समितिमा आव २०७४-७५ देखि हालसम्म तीन सय २४ उजुरी दर्ता भएकामा दुई सय ४८ उजुरीको छिनोफानो भइसकेको र  बाँकी ७६ वटा विवाद छलफलको क्रममा रहेको छ । 

‘अहिले हाम्रो न्यायिक समितिमा धेरै प्रकारका उजुरी आउने गरेको छ’, न्यायिक समितिका संयोजक इम्तियाज आलमले भने , ‘तीमध्ये हामीलाई कानुनले तोकिदिएको सूचीका आधारमा उजुरी लिने गरेका छौँ ।’  ऐनमा उल्लेख भएका यस्ता मुद्दा जनप्रतिनिधिले हेर्दा उचित हुन्छ भनेर पालिकामा न्यायिक समितिको व्यवस्था गरिएको अधिवक्ता प्रमोद चौधरीले बताए । 

न्यायिक समितिले इजलाशसँगै मेलमिलाप कक्षसमेत निर्माण गरेको छ । ‘एकै ठाउँमा बस्ने व्यक्ति व्यक्तिबीच विभिन्न कारणले विवाद उत्पन्न हुन्छ’, न्यायिक समितिका सदस्य वैजुलाल स्वर्णकारले भने , ‘त्यसलाई हामीले मेलमिलापका माध्यमबाट समाधान गर्दा समाजमा पुनः एकआपसमा मिलेर बस्ने वातावरण निर्माण हुन्छ । त्यही वातावरण बनाउन न्यायिक समितिले आफ्नो भूमिका निर्वाह आएको छ ।’

न्यायिक समितिको प्रभावकारिता बढेसँगै सानो विवादमा पनि अदालत नै जाने प्रवृत्तिमा विस्तारै कमी आउन थालेको वडा नं ६ निवासी बलिराम साहले बताए। 

‘पहिला सानोतिनो विवाद पनि प्रहरी वा अदालत नै पुग्थ्यो’, उनले भने, ‘तर न्यायिक समिति सक्रिय भएर विवाद समाधान गर्न थालेपछि समान्य विवादमा अदालतसम्म धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।’

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : १७ बजे

रातो मच्छिन्द्रनाथलाई बुङ्गमती फर्काइयो (तस्बिरहरू)

काठमाडाैं – जावलाखेलमा भव्य रूपमा भोटो जात्रा सम्पन्न भएलगत्तै वर्षा

दयाहाङ र मिरुनाको नयाँ चलचित्र ‘रातो घेरा’ घोषणा

काठमाडौं – पछिल्लो समय चर्चा कमाएको चलचित्र ‘जारी’ मार्फत दर्शकको

रास्वपा महाधिवेशन : लोगोमा पार्टी सभापति र वरिष्ठ नेताको फोटो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको लोगोमा पार्टी

युद्धविराम उल्लंघनको आरोप लगाउँदै इरानले फेरि बन्द गर्‍यो होर्मुज स्ट्रेट

तेहरान – इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने

रास्वपामा उम्मेदवारी शुल्क : सभापतिलाई ५१ हजार, केन्द्रीय सदस्यलाई ४१ हजार

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो ऐतिहासिक प्रथम राष्ट्रिय