एनआरएनएद्धारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत | Khabarhub Khabarhub

एनआरएनएद्धारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

लण्डन – राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा गैरआवासीय नेपाली संघले स्वागत गरेको छ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीद्धारा हस्ताक्षरित एक विज्ञप्ति अनुसार राष्ट्रपति  रामचन्द्र पौडेलले ‘नेपाल नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेसँगै ‘नेपालको संविधान २०७२’ ले प्रदत्त गरेको आर्थिक सामाजिक र सांस्कृतिक अधिकारसहितको ‘गैरआवासीय नेपाली नागरिकता’ प्राप्त गर्ने मार्ग प्रशस्त भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेपालको संविधानको धारा ६१ को उपधारा ९२० ९३० ९४० र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम प्रमाणीकरण भएको यस नागरिकता विधेयकले विश्वभर छरिएर रहेका लाखौं गैरआवासीय नेपालीले सन् २००३ देखि उठाउँदै आएको ‘गैरआवासीय नेपाली नागरिकता’ को माग सम्बोधन गरेको उल्लेख छ। विज्ञप्ति अनुसार राष्ट्रपतिको कदमले ‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने मूलमन्त्रलाई छिट्टै सार्थक बनाउनेमा पनि संघ विश्वस्त रहेको जनाइएको छ।

‘विश्वभरि रहेका नेपालीहरुलाई मातृभूमिसँग जोड्न र विदेशमा आर्जन गरेको ज्ञान, सीप र पुँजीलाई नेपाल भित्र्याउन थप दायित्व बोध गरेका छौं’, बिज्ञप्तिमा भनिएको छ, ‘गैरआवासीय नेपालीहरुको नेपालमा भएको सम्पत्तिको सुरक्षा तथा लगानीको लागि समेत यस कदमले ठोस् वातावरण तयार पार्ने विश्वास लिएका छौं।’

ऐतिहासिक उपलब्धि हासिल गर्न मुख्य भूमिका निर्वाह गर्नुहुने नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, मन्त्रीहरु, सांसदहरु, नेपाल सरकारका मुख्य सचिव, सचिवहरु, सम्पूर्ण राजनीतिक दल लगायत कानुनविद्, सरोकारवाला, सञ्चारकर्मी एवं गैरआवासीय नेपाली संघका संस्थापकदेखि हालसम्मका पदाधिकारी तथा अभियन्ताहरु, नागरिकता निरन्तरता कार्यदलका प्रमुख तथा सदस्यहरु लगायत यस अभियानमा सहयोग गर्नु हुने सम्पूर्ण प्रति कृतज्ञता व्यक्त गरेको संघले जनाएको छ।

 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : ०७ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर