ए डिभिजन लिगमा आज तीन खेल हुँदै « Khabarhub

ए डिभिजन लिगमा आज तीन खेल हुँदै


१८ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदैछन् । आज नेपाल पुलिस क्लब र न्युरोड टिम (एनआरटी), हिमालयन शेर्पा र फ्रेन्ड्स क्लब तथा मनाङ मर्स्याङ्दी क्लब र खुमलटारबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस र एनआरटी बीचको खेल दशरथ रंगशालामा दिउँसो तीन बजे हुनेछ । जारी लिगमा २२ खेलबाट  ३१ अङ्क जोडेको पुलिस  दशौँ जितको खोजीमा छ भने २९ अंक रहेको एनआरटी आठौँ जित निकाल्ने योजनामा छ ।

सोही समयमा च्यासल मैदानमा हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीचको खेल हुनेछ । अहिलेसम्म हिमालयनले २९ अंक जोडेको छ भने फ्रेन्ड्सको २४ अंक छ ।  

मनाङ मर्स्याङ्दी र खुमलटारको खेल भने साँझ ६ बजे दशरथ रंगशालामा सुरु हुनेछ । लिगमा मनाङले २८ अंक जोडेको छ भने खुमलटारले २४ अंक बनाएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८०, बिहिबार  ७ : ३३ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले