हलेसी तुवाचुङलाई सांस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी « Khabarhub

हलेसी तुवाचुङलाई सांस्कृतिक संग्रहालय बनाउने घोषणाले स्थानीय खुसी


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

खोटाङ – सरकारले खोटाङको हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीय खुसी भएका छन्।

संघीय संसदको संयुक्त बैठकमा सोमबार अर्थमन्त्री डा. प्रकाश शरण महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा हलेसी तुवाचुङ नगरपालिकामा पर्ने हलेसी तुवाचुङ क्षेत्रलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजना अघि सारे पछि स्थानीयवासी खुसी भएका हुन्।

किरात राई समुदायको उद्गम थलो मानिने तुवाचुङलाई खुल्ला सांस्कृतिक संग्रहालयको रुपमा विकास गर्ने योजनासहित बजेटमा समावेश भएपछि हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले ‘हलेसीको समृद्धि हाम्रै पालामा’ हुने प्रतिक्रिया दिएकी छन्। ‘हलेसी तुवाचुङ नगरपालिकाको नागरिक र जनप्रतिनिधि हुनुका नाताले गर्वले छाती चौडा भएको छ,’ मेयर राईले भनेकी छन्, ‘हलेसीको समृद्धि अब हाम्रै पालामा।’

सरकारले हलेसी तुवाचुङलाई किरात सांस्कृतिक सर्किटमा समेट्ने बजेट वक्तव्यमा उल्लेख गरेको छ। सरकारले नयाँ बजेटमा लारुम्बा, मुन्धुम ट्रेल, हलेसी तुवाचुङ, खुवालुङ लगायतका स्थानलाई समेटेर सांस्कृतिक सर्किटको निर्माण गर्ने योजना अघि सारेको हो।

आफ्नो पुर्खा दिदि तायमा, बहिनी खियामा र भाइ रैछाकुलेले बसोबास गरेको, तान बुनेर कपडा लगाउने परम्परा बसाएको, खेतीपाती सुरु गरेको लगायतका किंवदन्तीका आधारमा राई समुदायले तुवाचुङ–जायजुमलाई श्रद्धाको थलोका रुपमा लिने गरेका छन्।

 

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ८ : ४६ बजे

युक्रेनलाई अमेरिकी हतियार खरिदमा ईयुको सहयोग

ब्रसेल्स- युरोपेली सङ्घ (ईयु) ले युक्रेनलाई अमेरिकी प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्रलगायत हतियार खरिद गर्न

बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालन

गोरखा– मनास्लु पदमार्गअन्तर्गत दुई ठाउँको पुल बाढीले बगाएर बाटो बन्द

वालेन्द्र नेतृत्वको सरकारप्रति राधिकाको आक्रोश, भनिन्, ‘खराने ग्याङ’ले जेजे गरुन्, हामी डराएर भाग्दैनौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले

दक्षिण कोरियामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च

सियोल- दक्षिण कोरियामा अगस्ट महिनामा रोजगारी वृद्धि पाँच महिनायताकै उच्च भएको छ । सरकारी तथ्यांकअनुसार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त भएका