अत्यधिक गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित « Khabarhub

अत्यधिक गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

धनुषा– केही दिनदेखि बढेको गर्मीका कारण धनुषासहित तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । जेठको तेस्रो साता सुरु भइसक्दा पनि पानी नपरेपछि गर्मी अत्यधिक बढेको हो ।  

जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नको समयमा अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्ने गरेको छ । चर्को घामका कारण दिउँसोको समयमा घर बाहिर निस्कन मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

गर्मी बढेपछि मुख्य बजारका सडक सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि घटेको छ । यस्तै, विद्यालय, उद्योग व्यवसाय समेत प्रभावित भएका छन् । 

यसैबीच अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप बढ्न थालेको चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेको डा. दासको भनाइ छ । 

उनले गर्मी बढेसँगै लू को जोखिम बढेको बताए । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लू लाग्ने जोखिम बढेको उनको भनाइ छ । 

बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पदार्थको सेवन गर्नुका साथै दिउँसोको समयमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई उनको सुझाव छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  १२ : २९ बजे

राउण्ड अफ ३२ मा ब्राजिल र जापान भिड्दै, रोमाञ्चक भीडन्तको अपेक्षा

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत ‘राउन्ड अफ ३२’ को रोमाञ्चक

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर