अत्यधिक गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित | Khabarhub Khabarhub

अत्यधिक गर्मीले तराई क्षेत्रको जनजीवन प्रभावित


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

धनुषा– केही दिनदेखि बढेको गर्मीका कारण धनुषासहित तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ । जेठको तेस्रो साता सुरु भइसक्दा पनि पानी नपरेपछि गर्मी अत्यधिक बढेको हो ।  

जनकपुरधामसहित तराई–मधेस क्षेत्रमा एक सातादेखि मध्याह्नको समयमा अधिकतम तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियसको हाराहारीमा पुग्ने गरेको छ । चर्को घामका कारण दिउँसोको समयमा घर बाहिर निस्कन मुस्किल पर्ने गरेको स्थानीयले बताएका छन् ।

गर्मी बढेपछि मुख्य बजारका सडक सुनसान हुन थालेका छन् भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या पनि घटेको छ । यस्तै, विद्यालय, उद्योग व्यवसाय समेत प्रभावित भएका छन् । 

यसैबीच अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा गर्मीका कारण घाउ, खटिरा, आउँ, टाइफाइड ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप बढ्न थालेको चिकित्सकको भनाइ छ । प्रादेशिक अस्पताल जनकपुरधामका प्रवक्ता डा. केडी दासका अनुसार अहिले दैनिक भाइरल ज्वरो, टाइफाइड, निमोनियाका बिरामी बढेका छन् । पसिना अत्यधिक आउने र पर्याप्त पानी सेवन नगर्दा डिहाइड्रेसनका बिरामी बढेको डा. दासको भनाइ छ । 

उनले गर्मी बढेसँगै लू को जोखिम बढेको बताए । दिउँसोको समयमा तापक्रम उच्च भएका बेला चल्ने तातो हावाले दैनिक ज्यालादारी तथा कडा श्रम गर्ने व्यक्तिलाई लू लाग्ने जोखिम बढेको उनको भनाइ छ । 

बढ्दो गर्मीबाट जोगिन फलफूलको जुस, पानीलगायतका तरल पदार्थको सेवन गर्नुका साथै दिउँसोको समयमा घरबाहिर ननिस्कन सर्वसाधारणलाई उनको सुझाव छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  १२ : २९ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको