चितवनको तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ  | Khabarhub Khabarhub

चितवनको तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ 


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्‍याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो । 

आर्थिक वर्ष २०७७-७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्ने छ । चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हालसम्म तीन हजार छ सय १० बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको कार्यालयका संयोजक देवकुमार स्याङ्वोले जानकारी दिए। चितवनको छवटा पालिका र मकवानपुरका तीन पालिकामा अहिले कार्यक्रम लागू भइरहेको छ । यस क्रममा चितवनमा तीन सय ६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युबेल स्थापना गरी सञ्चालनमा ल्याइएको उनले बताएका छन् । मकवानपुरमा १० वटा डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ ।

आयोजना १० हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने योजनाका साथ स्थापना भएको हो । तीन वर्षमा गरेको प्रगति र बजेटको अवस्था हेरेर कार्यक्रम सञ्चालन गर्दै आएको स्याङ्वोले बताए । अहिलेसम्म ६० करोड बराबरको काम भएको उनले जानकारी दिए । अहिले आयोजनाले बाह्र महिना नै सिँचाइको व्यवस्था हुने गरी सुक्खा क्षेत्रमा काम गर्दै आएको छ । 

स्याङ्वोले भने, ‘सिँचाइ अभावका कारण खेती गर्नबाट बञ्चित कृषकलाई लाभ हुने गरी काम गरिरहेका छौँ ।’ आयोजनाले विशेषगरी भरतपुर महानगरपालिकाका क्षेत्रमा काम गरेको छ । यस आर्थिक वर्षबाट आयोजनाले बर्दघाट–सुस्तापूर्व नवपलपरासीसमेत समेट्ने गरी काम गर्न लागेको छ । विसं २०८१÷८२ सम्मका लागि यस आयोजनामा रु चार अर्ब ६४ करोड बजेट स्वीकृत भएको थियो ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  १२ : ४७ बजे

चितवनको गाईघाट दुर्घटनामा २१ जना घाइते

चितवन– भरतपुर महानगरपालिका– २९ गाइघाटमा सातवटा सवारीसाधन एकापसमा ठोक्किँदा २१

जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट

पर्वत– गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै

बर्दिया र कैलालीको सान चिसापानी पुल (तस्बिरहरू)

कर्णाली– एउटा मात्रै पिल्लरबाट बनेको केबुल तारयुक्त पाँच सय मिटर

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत