पूर्व उपकुलपति दाससहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर « Khabarhub

पूर्व उपकुलपति दाससहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति डा. बलभद्रप्रसाद दाससहित तीन जना दोषी ठहर भएका छन्।

​भ्रष्टाचार मुद्दा लागेका पूर्व उपकुलपति दाससहित ३ जनालाई विशेष अदालत काठमाडौँले दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको हो।

न्यायाधीशद्वय बलभद्र बास्तोला र खुसीप्रसाद थारुको संयुक्त इजलासले ३ जनालाई जनही १ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको छ। दाससहित अरविन्दकुमार सिन्हा र नन्दकुमार थापालाई इजलासले दोषी ठहर गरेको हो।

अन्य ५ जना प्रतिवादीले भने सफाइ पाएका छन्। प्रतिष्ठानका लेखा प्रमुख दिनेशराज दाहाल, डेपुटी मेनेजर अमित श्रीवास्तव, रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, उपकरण सप्लायर्स कम्पनीका सञ्चालकहरू चेतन अग्रवाल र उमेश अग्रवालले सफाइ पाएका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकरण  तथा सेवा खरिदमा भ्रष्टाचार गरेको दाबीसहित ८ जनाविरुद्ध २०७६ असार ३० गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ४० बजे

सङ्घीयता कार्यान्वयन : २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै

जनकपुरधाम – मधेस प्रदेश सरकारले प्रदेशका रु २५ करोडसम्म स्थिर

रौतहटमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु

रौतहट – रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बेन स्टोक्सको घोषणा

काठमाडौंं – इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट

कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी

तेहरान – इरानको इस्लामिक रिभोलुसन गार्ड काेर्प्स (आईआरजीसी)ले आइतबार बिहान

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५