कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते « Khabarhub

कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

मुजफ्फरगढ- पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बम विस्फोट भएको घर फोहोर मैला व्यवस्थापन गर्ने व्यक्तिको भएको बुझिएको छ ।

मृतकमध्ये तीन जना महिला रहेको र मृतक सबै एकै परिवारका रहेको बताइएको छ । मृत्यु हुनेमा हसिना माई (४०), बिलाल (३८), इकबाल (३०), शानो माई (२८) र चार वर्षीया सादिया बिबी रहेको द न्युज इन्टरनेशनलले जनाएको छ ।

घाइतेहरूलाई जिल्ला सदरमुकाम अस्पताल कोटअड्डु लगिएको छ । यद्यपि विस्फोटको कारण र प्रकृति भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ६ : ५८ बजे

यसै वर्ष स्वदेश फर्कने बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा

ढाका- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसैवर्ष स्वदेश फर्कने घोषणा

उत्तरपूर्वी फ्रान्समा विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु

पेरिस- उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार एउटा सानो नागरिक विमान

वर्षमानको टिप्पणी : रास्वपाको पछिल्लो राजनीतिक चरित्रले जनमतको अपमान गर्‍यो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय

भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद

लुम्बिनी– नियमित गस्तीमा रहेको प्रहरी टोलीले भन्सार छलेर भारतबाट ल्याइएका