नेपाल लोकतान्त्रीक खेलकुद संघद्वारा खेलकुदमन्त्रीलाई ज्ञापन पत्र  | Khabarhub Khabarhub

नेपाल लोकतान्त्रीक खेलकुद संघद्वारा खेलकुदमन्त्रीलाई ज्ञापन पत्र 


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खेलाडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्ने लगाएका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रीक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई ज्ञापन पत्र बुझाएको छ । 

बिहीबार सिंहदरबारमा मन्त्री लिम्बुलाई ज्ञापन पत्र बुझाउदै खेलाडी पलायनबाट रोक्न खेललाई व्यवसायीक गर्दै लैजानुपर्ने, सबै विधाका खेल प्रतियोगिताको लागि वृहत कभर्ड हल बनाउनुपर्ने माग राखेका हुन् , साथै संघले खेलकुदमा भ्रष्टाचार र पेश्की फछर्यौट, राष्ट्रिय संघहरुको बेरुजुलाई अविलम्व व्यवस्थित गर्नुपर्ने जनाएको छ भने एकीकृत प्रशिक्षण स्थल र बसोबास सहित खेल सामाग्रीको व्यवस्थापन गर्नुपर्ने, राष्ट्रिय टीम तयारीलाई वर्षभरी निरन्तरता दिनुपर्ने लगायतका माग राखेका छन् । 

संघको ज्ञापन पत्र बुझ्दै मन्त्री लिम्बुले खेल क्षेत्रको विकास र बिस्तारका लागि सारेका मागहरूलाई सकारात्मक रुपमा लिएको बताए । उनले पदमा बसुन्जेल इमान्दारितापूर्वक खेल क्षेत्रको विकासका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले पदावधि सकिएका खेल संघहरुको निर्वाचन अविलम्व गर्नुपर्ने, भ्रष्टाचारमा लुप्त राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र सदस्यहरूलाई बर्खास्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : २५ बजे

साना उद्योगको प्रवर्द्धन र विकासका लागि सरकार प्रतिवद्ध : मन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले मुलुकको आर्थिक विकासका

दृष्टिविहीन विद्यार्थीलाई ल्यापटप सहयोग

तनहुँ– तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङ गौरीगाउँस्थित दृष्टिविहीन सोलुमाया आलेलाई सहयोग

कारगारबाट भागेका कैदीबन्दीहरूको उच्च निगरानी

काठमाडौं– प्रहरीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ युवाहरूको

जेनजी आन्दोलन : बीमा दाबी २३ अर्ब ३९ करोड

काठमाडौं– गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको आन्दोलनका

हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा

बागलुङ– बडादशैँ सुरु भएसँगै हिमाली क्षेत्रबाट व्यापारीले धमाधम च्याङ्ग्रा बजार