नेपाल लोकतान्त्रीक खेलकुद संघद्वारा खेलकुदमन्त्रीलाई ज्ञापन पत्र  « Khabarhub

नेपाल लोकतान्त्रीक खेलकुद संघद्वारा खेलकुदमन्त्रीलाई ज्ञापन पत्र 


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खेलाडी पलायन कम गर्न सरकारले रणनीतिक नीति तयार पार्नुपर्ने लगाएका १४ बुँदे माग राख्दै नेपाल लोकतान्त्रीक खेलकुद संघले खेलकुदमन्त्री डिगबहादुर लिम्बुलाई ज्ञापन पत्र बुझाएको छ । 

बिहीबार सिंहदरबारमा मन्त्री लिम्बुलाई ज्ञापन पत्र बुझाउदै खेलाडी पलायनबाट रोक्न खेललाई व्यवसायीक गर्दै लैजानुपर्ने, सबै विधाका खेल प्रतियोगिताको लागि वृहत कभर्ड हल बनाउनुपर्ने माग राखेका हुन् , साथै संघले खेलकुदमा भ्रष्टाचार र पेश्की फछर्यौट, राष्ट्रिय संघहरुको बेरुजुलाई अविलम्व व्यवस्थित गर्नुपर्ने जनाएको छ भने एकीकृत प्रशिक्षण स्थल र बसोबास सहित खेल सामाग्रीको व्यवस्थापन गर्नुपर्ने, राष्ट्रिय टीम तयारीलाई वर्षभरी निरन्तरता दिनुपर्ने लगायतका माग राखेका छन् । 

संघको ज्ञापन पत्र बुझ्दै मन्त्री लिम्बुले खेल क्षेत्रको विकास र बिस्तारका लागि सारेका मागहरूलाई सकारात्मक रुपमा लिएको बताए । उनले पदमा बसुन्जेल इमान्दारितापूर्वक खेल क्षेत्रको विकासका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

ज्ञापन पत्र बुझाउदै संघका अध्यक्ष देवेन्द्र कुमार शेरचनले पदावधि सकिएका खेल संघहरुको निर्वाचन अविलम्व गर्नुपर्ने, भ्रष्टाचारमा लुप्त राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी र सदस्यहरूलाई बर्खास्त गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ७ : २५ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक