स्वास्थ्यमन्त्री बस्नेतद्वारा स्वास्थ्यचौकीको भवन उद्घाटन « Khabarhub

स्वास्थ्यमन्त्री बस्नेतद्वारा स्वास्थ्यचौकीको भवन उद्घाटन


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्यचौकीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्यचौकीको दुई तले भवनको औपचारिक उद्घाटन गरेका हुन् । भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिए। “भवन र उपकरणले मात्र स्वास्थ्य सेवा प्रवाह हुँदैन । त्यसमा आवश्यक पर्ने जनशक्तिको पनि व्यवस्था हुनुपर्छ”, उनले भने, “संविधानले नै ग्यारेन्टी गरेको स्वास्थ्यको हक नागरिकले सहजरूपमा पाउनुपछ । त्यसतर्फ हामीले काम अगाडि बढाइसकेका छौँ ।”

उनले जनताले अनुभूति गर्ने गरी सेवामा सुधार गर्दै लैजानेतर्फ आफू र मन्त्रालयको टिमले योजना बनाउँदै काम गर्ने तयारी गरिरहेको जानकारी दिए । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयबाट नवनिर्मित भवनका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, औषधि र अन्य स्वास्थ्य सामग्री पनि सोही कार्यक्रमका क्रममा हस्तान्तरण गरेका छन् ।

दश वटा कोठा भएको दुई तले उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले छायाँश्वरी निर्माण सेवामार्फत रु एक करोड ७४ लाख ११ हजारमा निर्माण गरेको हो । भवन निर्माणका लागि आयोजनाले २०७८ वैशाख ३ गते सम्झौता गरेको र २०७९ पुस २७ गते निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर टङ्कप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : १७ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान