स्वास्थ्यमन्त्री बस्नेतद्वारा स्वास्थ्यचौकीको भवन उद्घाटन « Khabarhub

स्वास्थ्यमन्त्री बस्नेतद्वारा स्वास्थ्यचौकीको भवन उद्घाटन


१८ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्यचौकीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् ।

मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका–१ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्यचौकीको दुई तले भवनको औपचारिक उद्घाटन गरेका हुन् । भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिए। “भवन र उपकरणले मात्र स्वास्थ्य सेवा प्रवाह हुँदैन । त्यसमा आवश्यक पर्ने जनशक्तिको पनि व्यवस्था हुनुपर्छ”, उनले भने, “संविधानले नै ग्यारेन्टी गरेको स्वास्थ्यको हक नागरिकले सहजरूपमा पाउनुपछ । त्यसतर्फ हामीले काम अगाडि बढाइसकेका छौँ ।”

उनले जनताले अनुभूति गर्ने गरी सेवामा सुधार गर्दै लैजानेतर्फ आफू र मन्त्रालयको टिमले योजना बनाउँदै काम गर्ने तयारी गरिरहेको जानकारी दिए । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयबाट नवनिर्मित भवनका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, औषधि र अन्य स्वास्थ्य सामग्री पनि सोही कार्यक्रमका क्रममा हस्तान्तरण गरेका छन् ।

दश वटा कोठा भएको दुई तले उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले छायाँश्वरी निर्माण सेवामार्फत रु एक करोड ७४ लाख ११ हजारमा निर्माण गरेको हो । भवन निर्माणका लागि आयोजनाले २०७८ वैशाख ३ गते सम्झौता गरेको र २०७९ पुस २७ गते निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर टङ्कप्रसाद गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १८ जेठ २०८०, बिहीबार  ९ : १७ बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक