मोदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिइएका प्रोजेक्ट « Khabarhub

मोदी सरकारले खोस्यो आदिपुरुषका लेखकलाई दिइएका प्रोजेक्ट


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- नरेन्द्र मोदी सरकारले बलिउड चलचित्र ‘आदिपुरुष’ का लेखकलाई दिइएको प्रोजेक्ट खोसेको छ ।

रामायणलाई चलचित्र ‘आदिपुरुष’ गलत तरिकाले प्रस्तुत गरेको अभियोग लागेका लेखक मनोज मुंतासिरका प्रोजेक्ट खोसिएको हो ।

भारतीय जनता पार्टीका प्रवक्ता तथा राज्यसभा सांसद सुधांशु त्रिबेदीले यसबारेमा जानकारी दिएका हुन् ।

उनले भनेका छन्, ‘मनोज मुंतासिरजी, तपाईँको मूर्खताको नतिजा आउन थालेको छ, केन्द्र सरकारका धेरै विभागहरू पन्छिन थालेका छन्, सरकारी विभागका धेरै परियोजनाबाट मुंतासिरको नाम काटियो ।’

उनले आदिपुरुषमा रामायण, भगवान् रामलगायतको चरित्रलाई अपव्याख्या गरेको भन्दै भाजपालगायत दलका नेताहरूले उनी माथि आक्रोश पोखेका थिए भने नेपालमा सो चलचित्र प्रतिबन्ध लगाइएका कारण चल्न पाएको थिएन ।

उनी अगाडी लेख्छन्, ‘यो भगवान् श्रीरामजीको दण्ड हो, अहिले पनि समय छ- भगवान् श्रीरामजीसँग माफी माग्नु होस् ।’

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ११ : ४८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक