हाफ म्याराथन दौडको उपाधि राममाया बुढालाई « Khabarhub

हाफ म्याराथन दौडको उपाधि राममाया बुढालाई


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी परिवार महिला सङ्घको आयोजनामा सम्पन्न ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पारेकी छिन् ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको प्रतियोगितामा उनले १ घण्टा २६ मिनेट ९ सेकेन्डमा २१ किलोमिटर दुरी पार गरी प्रथम भएकी हुन् ।

प्रधान कार्यालय हल्चोकको रंगशालाबाट सुरु भएको प्रतियोगिता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उद्घाटन
गरेकी थिइन् ।

प्रधान कार्यालयबाट सुरु भएको  म्याराथन स्वयम्भू, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सितापाईला, कारखानाचोक भई पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राममाया बुढाले १ लाख रुपैयाँ, दोस्रो हुने नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेन्डमा पार गरी ५० हजार रुपैयाँ जितेका छन् ।

साथै चौथो हुने नेपाल एपीएफ क्लबकी आशा राउतले १ घण्टा ३२ मिनेट १८ सेकेन्डमा पार गरी २५ हजार रुपैयाँ र पाँचौ हुने नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले १ घण्टा ३२ मिनेट २८ सेकेन्डमा पार गर्दै १५ हजार रुपैयाँ जितेकी छिन् ।

उपाधि हासिल गर्ने धावकहरूलाई यही असार १७ गते आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ, छैटौँ देखि दसौँ स्थान हासिल गरेका धावकहरूलाई भने आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, नेपाल एपीएफ क्लवका लगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू तथा देशैभरका महिला धावकहरू गरी कुल ४२ जना महिलाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ३ : १८ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था