हाफ म्याराथन दौडको उपाधि राममाया बुढालाई | Khabarhub Khabarhub

हाफ म्याराथन दौडको उपाधि राममाया बुढालाई


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी परिवार महिला सङ्घको आयोजनामा सम्पन्न ‘प्रथम महिला हाफ म्याराथन प्रतियोगिता २०८०’ को उपाधि नेपाल पुलिस क्लबकी राममाया बुढाले हात पारेकी छिन् ।

सशस्त्र प्रहरी परिवार महिला सङ्घको २२औँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजना गरिएको प्रतियोगितामा उनले १ घण्टा २६ मिनेट ९ सेकेन्डमा २१ किलोमिटर दुरी पार गरी प्रथम भएकी हुन् ।

प्रधान कार्यालय हल्चोकको रंगशालाबाट सुरु भएको प्रतियोगिता सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालयको उपस्थितिमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष श्रीमती अनिता लामिछाने अर्यालले उद्घाटन
गरेकी थिइन् ।

प्रधान कार्यालयबाट सुरु भएको  म्याराथन स्वयम्भू, कलङ्की, बल्खु, सानेपा, एकान्तकुना, सातदोबाटो, एन्फा फुटबल ग्राउण्डबाट सोही रुट फिर्ता हुँदै स्टार हस्पिटल सानेपा, बल्खु, कलङ्की, सितापाईला, कारखानाचोक भई पुनः हल्चोक रंगशाला आएर समापन भएको थियो ।

प्रतियोगितामा प्रथम हुने नेपाल पुलिस क्लबकी राममाया बुढाले १ लाख रुपैयाँ, दोस्रो हुने नेपाल एपीएफ क्लबकी बिन्दाधन्के श्रेष्ठले १ घण्टा २७ मिनेट २७ सेकेन्डमा निर्धारित दुरी पार गरी ७५ हजार रुपैयाँ तथा तेस्रो हुने त्रिभुवन आर्मी क्लबकी पूर्ण राज्यलक्ष्मी न्यौपानेले १ घण्टा २७ मिनेट ५० सेकेन्डमा पार गरी ५० हजार रुपैयाँ जितेका छन् ।

साथै चौथो हुने नेपाल एपीएफ क्लबकी आशा राउतले १ घण्टा ३२ मिनेट १८ सेकेन्डमा पार गरी २५ हजार रुपैयाँ र पाँचौ हुने नेपाल पुलिस क्लबकी सुमित्रा चौधरीले १ घण्टा ३२ मिनेट २८ सेकेन्डमा पार गर्दै १५ हजार रुपैयाँ जितेकी छिन् ।

उपाधि हासिल गर्ने धावकहरूलाई यही असार १७ गते आइतबार वार्षिकोत्सवमा पुरस्कार तथा प्रमाणपत्र वितरण गरिने कार्यक्रम रहेको छ, छैटौँ देखि दसौँ स्थान हासिल गरेका धावकहरूलाई भने आजै पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा त्रिभुवन आर्मी क्लव, नेपाल पुलीस क्लव, नेपाल एपीएफ क्लवका लगायत सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरू तथा देशैभरका महिला धावकहरू गरी कुल ४२ जना महिलाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ३ : १८ बजे

जेन–जी आन्दोलनपछि कैलालीमा क्षतिको विवरण सङ्कलन गरिँदै

कैलाली– यही भदौ २४ गते ‘जेन-जी’ प्रदर्शनका क्रममा आगजनी र

वर्तमान परिस्थितिमा सम्हालिएर अघि बढ्नुको विकल्प छैन : कांग्रेस नेता शाही

काठमाडौं– नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले मुलुकको पछिल्लो

एमालेले तत्काल ओलीको विकल्प नखोज्ने, आन्दोलनमा पनि नजाने

काठमाडौँ- सम्भवत: विश्वकै छोटो आन्दोलनमार्फत् सत्ताबाट अप्रत्यासित बहिर्गमनमा परेको नेकपा

अवरुद्ध बेनी–जोमसोम सडक खुल्यो

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकमा आज बिहानदेखि यातायात पुनः सञ्चालनमा आएको छ

‘भोजपुरे खुकुरी’को माग उच्च : बनाउने कालीगढको चरम अभाव

भोजपुर– परम्परागत खुकुरी बनाउने कालीगढ पेसाप्रति नयाँ पुस्ताको रुचि घट्दै