पाकिस्तानी सुरक्षा फौजले आतङ्कवादीविरुद्ध गरेको सुरक्षा कारबाहीमा छ जनाको मृत्यु « Khabarhub

पाकिस्तानी सुरक्षा फौजले आतङ्कवादीविरुद्ध गरेको सुरक्षा कारबाहीमा छ जनाको मृत्यु


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको सुरक्षा फौजले आतङ्कवादीविरुद्ध गरेको सुरक्षा कारबाहीमा छ जना मारिएका छन् ।

सेनाको अन्तर सेवा सूचना निकाय आईएसपीआरलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएअनुसार उत्तरी वजिरिस्तान जिल्लाको रजमाक क्षेत्रमा भएको दोहोरो भिडन्तमा तीन जना आतङ्कवादी मारिएका थिए भने ट्याङ्क शहरमा शहरमा भएको झडपमा तीन जना मारिएका थिए । सेनाले दुवै स्थानमा शुक्रबार सुरक्षा कारबाही गरेको हो ।

सुरक्षा बलले झडप भएका दुवै स्थानबाट विभिन्न हातहतियार र गोला बारुद बरामद गरेको छ । सुरक्षा बल र निर्दोष नागरिकको हत्याका साथै आतङ्ककारी गतिविधिमा संलग्न सक्रिय समूहलाई निष्क्रिय तुल्याउन सुरक्षा फौज क्रियाशील रहेको जनाइएको छ ।

आईएसपीआरले जारी गरेको विज्ञप्तिअनुसार बुधवार बाजौर र खैबरका आदिवासी जिल्लामा गरिएको त्यस्तै प्रकृतिको कारबाहीमा चार जना आतङ्कवादी मारिएका छन् । बाजौर जिल्लाको इनायत कल्ली क्षेत्रमा शफिउल्लाह नामक आतङ्कवादी रहेको आशङ्कामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ६ : १९ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका