विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१६ असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

आज असार १६, २०८० या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

पुटिन र मोदीबीच टेलिफोन वार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । दुई नेताबीच टेलिफोन वार्ताका क्रममा युक्रेनमा जारी युद्धलगायतका क्षेत्रीय एवम् विश्वव्यापी विषयमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेलिफोन वार्तामा प्रधानमन्त्री मोदीले शान्ति, सुव्यवस्था र स्थायित्व सुनिश्चित गर्न रुसको नेतृत्वमा चालिएका कदमको समर्थन गरेका छन् ।

उक्त कुराकानीका क्रममा पुटिनले रुसको वर्तमान अवस्था र पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री मोदीलाई जानकारी गराएका थिए । उनले युक्रेनले कुनै पनि किसिमको सम्झौताका लागि राजनीतिक र कूटनीतिक कदम चाल्न अस्वीकार गरेको बताए । यस क्रममा मोदीले संवाद र कूटनीतिका आधारमा शान्ति स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।

कुराकानीका क्रममा रुसमा हालै भएको वाग्नर समूहको विद्रोहबारे पनि कुराकानी भएको जनाइएको छ । त्यसबाहेक दुवै नेताले विभिन्न क्षेत्रमा सहयोग अभिवृद्धि गर्न द्विपक्षीय सहयोगका विषयमा पनि कुराकानी गरेका थिए ।

केन्यामा सवारी दुर्घटनामा परी ४८ जनाको मृत्यु

पश्चिमी केन्याको लण्डियानीमा सवारी दुर्घटनामा परि कम्तिमा ४८ जनाको मृत्यु भएको छ । शुक्रबार साँझ ढुवानी कन्टेनर बोकेको लरी अनियन्त्रित हुँदा धेरै सवारी साधनमा ठोक्किएर दुर्घटना भएको प्रहरी तथा प्रत्यक्षदर्शीले बताएका छन् ।

लरीले ६ भन्दा बढी सवारी साधनलाई ठक्कर दिएको जनाइएको छ । यससँगै धेरै पैदल यात्रुलाई पनि कुल्चेको छ । मृत्यु हुनेमा धेरै युवा तथा व्यवसायी समेत रहेका छन् ।

दुर्घटनापछि यसका धेरै भिडियोहरु सार्वजनिक भएका छन् । भिडियोहरूले क्षतिग्रस्त मिनी बसहरू र ट्रकहरू साथै कार र मोटरसाइकलका टुक्राहरू देखिएको छ ।

दुर्घटनाको समयमा त्यहाँ उपस्थित चालक पिटर ओटिएनोले तीव्र गतिमा एउटा ट्रेलर आइरहेको देखेको बताए । ‘मैले कारलाई घुमाएँ र ठोक्किनबाट जोगिएँ’, उनले भने ।

केन्याका राष्ट्रपति विलियम रुटोले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लेखेका छन्, ‘लण्डियानीमा भएको भयानक सडक दुर्घटनामा आफ्ना प्रियजन गुमाएका परिवारप्रति राष्ट्र शोकमा छ ।’

यो दुर्घटना केन्याको इतिहासमा सबैभन्दा खराब सडक दुर्घटना मध्ये एक हो । गत वर्षको सुरुमा मध्य केन्यामा एउटा बस पुलबाट नदीमा खसेको थियो। उक्त दुर्घटनामा ३४ जनाको मृत्यु भएको थियो ।

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । घाइतेको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

महाराष्ट्रको बुलढानास्थित यवतमालबाट पुणे जाँदै गरेको बस गए राति दुर्घटनामा परेको हो ।

प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा भीषण आगो लागेको थियो । बुलढाना प्रहरीका डेपुटी एसपी बाबुराव महामुनीका अनुसार बसमा ३३ जना सवार थिए ।

बसका चालकका अनुसार अचानक बसको टायर पड्के पछि बस पल्टिएको र आगलागी भएको बताए ।

प्रत्यक्षदर्शीहरूले नागपुरबाट औरंगाबाद जाने बाटोमा दायाँ पट्टि रहेको फलामको पोलमा बस ठोक्किएको बताए । सो क्रममा बस सडकको बीचमा बनेको कंक्रीट डिभाइडरसँग ठोक्किएर पल्टिएको थियो ।

यसरी पल्टिएको बसले जमिनमा ढोका थिचेका कारण सो ढोका खोल्न नसकेर यात्रुहरुको बसभित्रै जलेर मृत्यु भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन् ।

डिजेल चुहावटका कारण बसमा आगलागी भएको बताइएको छ ।

चीनमा बच्चा जन्माउने कर्मचारीलाई थप तलब दिइने

चिनियाँ एक कम्पनीले बच्चा जन्माउन प्रेरित गर्दै बच्चा जन्माउने कर्मचारीलाई थप तलब दिने भएको छ ।

चीनको ट्रिप डटकमले आफ्ना कामदारहरूलाई जुलाई १ देखि प्रत्येक बच्चाका लागि ५० हजार युआन अर्थात ६ हजार ८९७ अमेरिकन डलर दिने घोषणा गरेको हो ।

जनसङ्ख्या सङ्कटसँग जुधिरहेको मुलुकमा ठूलो निजी कम्पनीले गरेको यो पहिलो पहल हो ।

कम्पनीका ४० करोड प्रयोगकर्ताहरू रहेका छन् । उसका अनुसार विश्वभरका आफ्ना कर्मचारीबाट जन्मने बच्चालाई ५ वर्षसम्म वार्षिक १० हजार युआन नगद अनुदान दिइनेछ । कार्यक्रमको लागत करिब १ अर्ब युआन हुनेछ ।

फ्रान्समा दङ्गा जारी

फ्रान्समा एक १७ वर्षीय युवकको प्रहरीले गोली हानी हत्या गरेपछि सुरु भएको प्रदर्शन जारी रहेको छ । प्रदर्शनमा हजारौँ मानिस सहभागी हुने गरेका छन् ।

प्रदर्शनका क्रममा आन्दोलनकारीले सवारी साधन, पसल, विद्यालय र सार्वजनिक पुस्तकालयमा आगजनी गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीले प्रहरीमाथि पटाका समेत प्रहार गरेका छन् ।

फ्रान्सको आन्तरिक मन्त्रालयले सो हिंसा नियन्त्रण गर्नका लागि अहिले फ्रान्सका सडकमा ४० हजार प्रहरी तैनाथ गरेको छ ।

सो हिंसामा संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ८७५ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यी प्रदर्शनकारीमध्ये अधिकांश १४ देखि १८ वर्षका किशोरकिशोरीहरू रहेका छन्।

प्राप्त रिपोर्ट अनुसार प्रदर्शनकारीहरूले तीन दिनमा ४ सय ९२ भवनमा क्षति पुर्याएका छन् भने २ हजार सवारीसाधनमा आगजनी गरेका छन । सो क्रममा ३८ सय ४८ अन्य स्थानमा आगजनी र तोडफोड भएका छन् ।

गत जुन २७ मा फ्रान्सको राजधानी पेरिसको उपनगरीय इलाका नान्तेरेमा ट्राफिक सिग्नलमा नरोकेपछि १७ वर्षीय बालक नाहेललाई प्रहरीले गोली हानेको थियो ।

ड्राइभिङ लाइसेन्स नभएका अरबी मूलका ती किशोरलाई गोली हानेर प्रहरीले मारेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पछि पेरिसमा एक्कासी हिंसा र दंगा फैलिन पुगेको हो । यसैबीच, दङ्गा नियन्त्रण गर्न फ्रान्समा ४५ हजार प्रहरी तैनाथ गरिएको छ ।

फ्रान्सका आन्तरिकमन्त्री गेराल्ड डार्मानीयँले कुनै पनि किसिमका सम्भावित रात्रिकालीन दङ्गा नियन्त्रण गर्न ४५ हजार प्रहरी अधिकारीहरू तैनाथ गरिएको बताएका छन् । अल जजीराले उल्लेख गरेअनुसार अघिल्लो दिन करिब ४० हजार प्रहरी परिचालन गरिएको थियो भने शुक्रबारदेखि थप पाँच हजार प्रहरी परिचालन गरिएको छ ।

नान्तेरेमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा मार्सेँमा केही दिनअघि नाहेल नामका १७ वर्षीय किशोरको हत्या गोली लागी मृत्यु भएको थियो। युवकको हत्याको विरोधमा प्रतिरोधलाई झन् तीव्र पारिएको छ ।

किशोरको सम्झनामा निकालिएको ¥याली हिंसात्मक बनेपछि नान्तेरेमा एउटा बैंकमा आगजनी भएको छ । सो घटनाको आशङ्कामा १५ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सीएनएनले बीएफएमटीभीलाई उद्धृत गर्दै मार्सेलीमा प्रदर्शनकारीहरूले प्रहरी अधिकारीहरूमाथि आतिशबाजी गरेको जनाएको छ ।

फ्रान्समा मङ्गलबार अशान्ति भड्किएको र नान्तेरेमा प्रहरीले आवागमन रोकेको केही घण्टापछि नाहेलको हत्या भएको थियो र त्यसको विरोधमा ४० वटा कारहरू जलाइएको थियो भने २४ जना प्रहरी अधिकारीहरू घाइते भएका थिए ।

ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई ८ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध

ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारोलाई आगामी ८ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाइएको छ ।

ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले पूर्वराष्ट्रपति बोल्सोनारोलाई आगामी आठ वर्षसम्म चुनाव लड्न प्रतिबन्ध लगाएको छ । यसलाई दक्षिणपन्थी नेताका लागि ठूलो धक्का मानिएको छ ।

बोल्सोनारो गत चुनावमा आफ्नो शक्ति र मिडियाको दुरुपयोग गरेको अभियोगमा दोषी ठहरिएका छन् ।

बोल्सोनारोलाई सातमध्ये पाँच न्यायाधीशले दोषी ठहर गरेका थिए र उनको विरुद्धमा फैसला गरेका थिए । एकै समयमा, दुई न्यायाधीश बोल्सोनारोको समर्थनमा थिए। यो निर्णयसँगै जायर बोल्सोनारोको २०२६ को चुनावमा फर्कने आशा समाप्त भएको छ ।

मिडिया रिपोर्टका अनुसार जुलाई २०२२ मा बोल्सोनारोले विदेशी राजदूतहरूसँग भेट गरेका थिए । उक्त बैठकमा बाल्सोनारोले ब्राजिलको निर्वाचन प्रणालीको बारेमा झूट र भ्रामक कुरा फैलाएको र यसको विश्वसनीयता माथि प्रश्न उठाएको आरोप लगाइएको छ । यो भेट युट्युबमा लाइभ स्ट्रिम गरिएको थियो ।

बोल्सोनारोलाई दोषी ठहर गर्ने न्यायाधीशहरूको प्यानलको अध्यक्षता न्यायाधीश अलेक्जान्डर डे मोरेसले गरेका थिए ।

बोल्सोनारोले भने आफूमाथि लगाइएको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । एक स्थानीय रेडियो स्टेशनसँग कुरा गर्दै बोल्सोनारोले निर्णयको विरुद्धमा अदालत जाने बताए ।

अमेरिकाका पूर्वराष्ट्रपति ओबामाको निवासनजिक विष्फोटक पदार्थसहित एक जना पक्राउ

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको निवासनजिक विष्फोटक पदार्थसहित एक जनालाई पक्राउ गरिएको छ । सियाटलका ३७ वर्षीय टेलर टारान्टो भनेर चिनिने एक व्यक्तिलाई पक्राउ गरिएको हो ।

कानून प्रवर्तन अधिकारीहरूले बिहीबार बाराक ओबामाको वाशिंगटन डीसीस्थित घरनजिकै पक्राउ गरेकाेबारे हालै जानकारी सार्वजनिक भएको हो ।

सीबीएस न्युजका अनुसार सुरक्षाकर्मीहरुले टारान्टोलाई ओबामाको घरनजिकै शंकास्पद अवस्थामा फेला पारेका थिए । पछि सुरक्षाकर्मीले उनलाई पछ्याउन थाले । टारान्टोले ओबामाको निवासतर्फ भाग्ने प्रयास गरे तर त्यहाँ पुग्नु अघि नै उनलाई पक्राउ गरियो ।

गिरफ्तारीको क्रममा अधिकारीहरूले टारान्टोको भ्यान त्यहाँ नजिकै पार्क गरिएको भेट्टाए । उक्त भ्यानमा धेरै हतियार र सामग्रीहरू रहेको बताइएको छ ।

टारान्टोले भर्खरै लाइभस्ट्रिमको क्रममा सामाजिक सञ्जालमा एक व्यक्ति विरुद्ध धम्की दिएका थिए, जसले अमेरिकी अधिकारीहरूमा चिन्ता बढाएको थियो ।

खासमा उनीसँग जनवरी ८, २०२१ मा अमेरिकी क्यापिटलमा भएको आक्रमणमा संलग्नताको लागि पक्राउ पूर्जी पनि जारी गरिएको छ ।

अधिकारीहरूले ओबामाको छिमेकीले टारान्टोको उपस्थिति संयोगवश नभएको बताए। उनी केही महिनादेखि डिसी एरियामा बस्दै आएका थिए । उनी प्रायः डीसी जेल नजिकै आफ्नो भ्यानमा क्याम्पिङ गरेको देखियो ।

महानगरीय प्रहरी विभागका अनुसार टारेन्टो मुद्दामा हाल फरार रहेका व्यक्ति हुन् ।

पाकिस्तानी सुरक्षा फौजले आतङ्कवादीविरुद्ध कारबाही गर्दा छ जनाको मृत्यु

पाकिस्तानको सुरक्षा फौजले आतङ्कवादीविरुद्ध गरेको सुरक्षा कारबाहीमा छ जना मारिएका छन् ।

सेनाको अन्तर सेवा सूचना निकाय आईएसपीआरलाई उद्धृत गर्दै एआरवाई न्युजले जनाएअनुसार उत्तरी वजिरिस्तान जिल्लाको रजमाक क्षेत्रमा भएको दोहोरो भिडन्तमा तीन जना आतङ्कवादी मारिएका थिए भने ट्याङ्क शहरमा शहरमा भएको झडपमा तीन जना मारिएका थिए । सेनाले दुवै स्थानमा शुक्रबार सुरक्षा कारबाही गरेको हो ।

सुरक्षा बलले झडप भएका दुवै स्थानबाट विभिन्न हातहतियार र गोला बारुद बरामद गरेको छ । सुरक्षा बल र निर्दोष नागरिकको हत्याका साथै आतङ्ककारी गतिविधिमा संलग्न सक्रिय समूहलाई निष्क्रिय तुल्याउन सुरक्षा फौज क्रियाशील रहेको जनाइएको छ ।

आईएसपीआरले जारी गरेको विज्ञप्तिअनुसार बुधवार बाजौर र खैबरका आदिवासी जिल्लामा गरिएको त्यस्तै प्रकृतिको कारबाहीमा चार जना आतङ्कवादी मारिएका छन् । बाजौर जिल्लाको इनायत कल्ली क्षेत्रमा शफिउल्लाह नामक आतङ्कवादी रहेको आशङ्कामा सुरक्षा कारबाही सञ्चालन गरिएको थियो ।

प्रकाशित मिति : १६ असार २०८०, शनिबार  ७ : ५९ बजे

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

काठमाडौं- प्रतिनिधिसभामा १२ सिट रहेको जनता समाजवादी पार्टी (जसपा) आइतबार