महिला टी–ट्वान्टी विश्वपक छनोटमा प्रारम्भिक टोली घोषणा « Khabarhub

महिला टी–ट्वान्टी विश्वपक छनोटमा प्रारम्भिक टोली घोषणा


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ ।

मलेसियामा आयोजना हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकप  एसिया छनोटका लागि क्यानले आज २४ खेलाडीको टोली सार्वजनिक गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ ।

सन् २०२४ मा बंगलादेशमा आयोजना हुने विश्वकपका लागि मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म छनौट प्रतियोगिता हुन लागेको हो ।

एशिया छनौटमा १२ देशले भाग लिँदै छन् । जसमा नेपाल समुह ‘ए’ मा रहेको छ । समुह ‘ए’ भुटान, आयोजक मलेसिया, बहराइन, कतार र यूएई रहेका छन् भने समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, म्यानमार र थाइल्यान्ड छन् ।

प्रतियोगिता हरेक समूह शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले ग्लोबल क्वालिफायर खेल्न पाउनेछन् ।

ग्लोबल महिला टि-ट्वान्टी विश्वकपमा आयोजक श्रीलंका र आयरल्याण्डसँग पाँच क्षेत्रीय छनोटबाट आउने आठ टोली गरि कुल १० टोलीले प्रतिस्पर्धा गर्नेछन् । शीर्ष दुई टोलीले बङ्गलादेशमा हुने विश्वकप खेल्न पाउनेछन् ।

को को छन् बन्द प्रशिक्षणमा ?
बन्द प्रशिक्षणमा रुविना क्षेत्री, सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्योति पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुवि पोदार, खुशी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कन्चन श्रेष्ठ, श्रृष्टि जैशी र स्नेहा महरा रहने छन्।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १ : ०६ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।