आर्थिक वर्ष २०७९-८० मा १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार « Khabarhub

आर्थिक वर्ष २०७९-८० मा १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आर्थिक वर्ष २०७९-८०मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको जनाएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयका सचिव मधुकुमार मरासिनीले २०७९-८०मा कूल रु १७ खर्ब ८६ अर्बको वैदेशिक व्यापार भएको र जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ६ प्रतिशतले कमी रहेको जानकारी दिएका छन् ।

उनले गत आर्थिक वर्षमा रु एक खर्ब ५७ अर्बको वस्तु निकासी भएको बताए । नेपालको कूल निकासीमा २१ दशमवल चार प्रतिशतले ह्रास आएको उनको भनाइ छ । उनले व्यापार सन्तुलनका लागि व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ र नेपाल व्यापार एकीकृत रणनीति, २०८० को कार्यान्वयनको तयारी गरिएको बताए ।

सचिव मरासिनीले चालू आर्थिक वर्षमा प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रमको कार्यान्वयन, स्टार्ट अप उद्यम कर्जा कार्यक्रम, टिमुरे र चाँदनी दोधारा सुख्खा बन्दरगाह निर्माणमा तीव्रता दिइएको बताए ।

बैठकमा मन्त्रालयले आर्थिक वर्ष २०७९-८०मा सम्पादन भएका मुख्य कामहरू र भावी योजनाका विषयमा समितिलाई जानकारी गराएको हो । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : २६ बजे

स्पष्ट कार्ययोजनासहित काम गर्न गेटा विश्वविद्यालय प्रशासनलाई आग्रह

सुदूरपश्चिम– प्रतिनिधिसभा सदस्य डा. आनन्दबहादुर चन्दले सहिद दशरथ चन्द स्वास्थ्य

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी