सेयर बजारमा दोहोरो अंकको गिरावट « Khabarhub

सेयर बजारमा दोहोरो अंकको गिरावट


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजारको वृद्धि फेरि टिक्न सकेन । मंगलबार नेप्से सूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आएको छ । १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो औसतभन्दा कम कारोबार रकम हो । 

मौद्रिक नीतिपछि लगातार घटेको बजार सोमबार सम्हालिएको थियो । तर, यो वृद्धिले मंगलबार निरन्तरता पाउन सकेन । बजार पुनः २१ सय विन्दुमुनि आएको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिकरुपमा ठूलो प्रभाव पार्ने यस्तो विन्दुभन्दा नेप्से तल आएपछि मंगलबार झन् ठूलो अंकले बजार घटेको छ ।

यस दिन २६२ कम्पनीको ६० लाख १५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८ करोड ७४ लाख रुपैयाँसहित कारोबार रकममा अपर तामाकोशी हाइड्रोपावर परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र सोल्टी होटेल परेका छन् । म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक घटेका छन् । 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ३ : ४० बजे

बाख्रापालक कृषकलाई अनुदान सहयोग

भोजपुर– हतुवागढी गाउँपालिकाले स्थानीय कृषकलाई व्यावसायिक बाख्रापालनमार्फत आयआर्जन र स्वरोजगारमा जोड्न

पाकिस्तानको हवाई प्रतिबन्धबीच वैकल्पिक मार्ग खोज्दै भारत, चीनसँग वार्ता

नयाँदिल्ली– पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्रमाथिको प्रतिबन्ध थप

गर्मी र वर्षाले महोत्तरीमा बढ्यो सर्पको बिगबिगी

महोत्तरी– प्रचण्ड गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी  बढेको छ ।

धितोपत्र बोर्डले भन्यो- नेप्से सुधार्न पुनर्संरचना प्रक्रिया अघि बढाउँछौँ

काठमाडौं– नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सुधारका लागि

हिमपातका कारण लार्केपास पूर्ण रुपमा अवरुद्ध

गोरखा– लार्केपास पूर्ण रुपमा अवरुद्ध बनेको छ । गत बिहीबारदेखि