युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजानू : परराष्ट्र मन्त्रालय « Khabarhub

युद्धग्रस्त मुलुकमा सुरक्षासम्बन्धी काममा नजानू : परराष्ट्र मन्त्रालय


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्र मन्त्रालयले कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षासम्बन्धी काममा नजान अनुरोध गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै युद्ध क्षेत्रमा जाँदा आइपर्ने जोखिमप्रति पनि सचेत गराएको छ । पछिल्लो समय युक्रेनमा जारी युद्धमा नेपालीहरु रुसको भाडाका सैनिक भर्ती गर्ने वाग्नर समूहमा भर्ना भएको भन्ने भिडियो तथा तस्वीरहरु टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला परराष्ट्र मन्त्रालयले यस्तो आह्वान गरेको हो ।

युद्धग्रस्त क्षेत्रमा जाँदा केही विपत् आइपरे उद्धारमा हुने कठिनाइप्रति पनि मन्त्रालयले सजग हुन अनुरोध गरेको छ ।

मन्त्रालयको विज्ञप्तिमा परम्परागत सम्झौताअन्तर्गत केही मित्रराष्ट्रका राष्ट्रिय सेनामा नेपाली भर्ना हुने अनुमति सरकारले दिए पनि त्यसबाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नभएको उल्लेख छ ।

‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएको बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ७ : ४६ बजे

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित चार जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान