प्याज काट्दा आँसु किन आउँछ ? आँसु नआउन के गर्ने ? « Khabarhub

प्याज काट्दा आँसु किन आउँछ ? आँसु नआउन के गर्ने ?


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

हामी सबैलाई थाहा भएको कुरा हो कि प्याज काट्दा आँसु आउँछ । यसलाई हामीले स्वभाविक मानिरहेका हुन्छौँ ।

तर के कारणले आउँछ त प्याज काट्दा आँसु ? सायद यसको कारण धेरैलाई थाहा नहुन सक्छ । आज हामी यसैका बारेमा बताउने छौँ ।

प्याजमा एमिनो एसिड र सल्फेरिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ । फलस्वरूप सल्फर एसिड आँखामा पुग्दा आँखा पोल्छ र आँसु आउँछ ।

प्याजको रागले आँखा एकछिन पोल्छ । तर, त्यसले भित्री असर भने नगर्ने चिकित्सकहरू बताउँछन्‌ ।  धेरै नै प्याज काट्नुपर्‍यो भने केमिकलको मात्रा बढेर आँखा रातो हुन्छ ।  आँखा धेरै नै पोल्यो र रातो भयो भने नमिचि सफा पानीले धुनुपर्छ ।

कतिपय अवस्थामा त प्याज काट्दा यति पोल्छ कि पछि केही समय हेर्न नै सकिँदैन त्यसैले यस्ता उपायहरू अपनाउनुहोस् । जसले गर्ला जति प्याज काटे पनि आँसु आउँदैन । प्याज काट्नु भन्दा केहीबेर अघि नै फ्रिजमा राख्नु भयो भने पनि आँसु आउँदैन । यस्तै, छेउमा मैनबत्ती बालेर प्याज काट्दा पनि आँसु आउँदैन ।

काट्नुभन्दा अगाडि प्याजलाई पानीमा ३ मिनेटजति डुबाउँदा प्याजमा भएको केमिकल कम हुन्छ र आँसु आउँदैन । प्याजलाई काट्नु भन्दा पहिले त्यसको जरालाई काटेर फाल्दा पनि आँसु आउँदैन । प्याज काट्दा छेउछाउमा पंखा नचलाउने र चस्मा लगाएर काट्दा पनि आँसु आउँदैन ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : २१ बजे

भियतनाममा कम्युनिस्ट पार्टीको राष्ट्रिय काङ्ग्रेस सुरु

हनोई– भियतनामको सबैभन्दा महत्वपूर्ण राजनीतिक मञ्च, सत्तारूढ कम्युनिस्ट पार्टीको राष्ट्रिय

मधेशी मतदातामध्ये ६० प्रतिशत मत घण्टीमा खस्नेछ : उपसभापति वाग्ले

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले मधेश प्रदेशबाट

नेकपाले कसलाई कहाँबाट दियो टिकट ? (सूचीसहित)

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने

लुम्बिनी प्रदेशसभा बनियाँले दिए राजीनामा

देवदह– लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले पदबाट राजीनामा दिएका छन्

बालेनलाई प्रधानमन्त्री बनाएर पठाएमा आन्दोलन सफल हुन्छ : अमरेशकुमार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेशकुमार सिंहले बालेन्द्र साह ‘बालेन’