ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, परामर्शदाता कम्पनीका दुईजना निर्देशक पक्राउ « Khabarhub

हङकङ आगलागी

ज्यान गुमाउनेको संख्या १२८ पुग्यो, परामर्शदाता कम्पनीका दुईजना निर्देशक पक्राउ


१२ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

हङकङ- हङकङको ताइ पोस्थित वाङ फुक कोर्टमा भएको भीषण आगलागीबाट मृत्यु संख्या १२८ पुगेको छ।

शुक्रबार दिउँसोसम्म घटनासम्बन्धी अनुसन्धानका क्रममा दुईजना परामर्शदाता निर्देशक पक्राउ परेका छन् । यस प्रकरणमा पक्राउ परेकाको संख्या पनि पाँच पुगेको छ।

स्वतन्त्र भ्रष्टाचार निरीक्षण आयोग (आईसीएसी) ले शुक्रबार विल पावर आर्किटेक्ट्स कम्पनीका दुई निर्देशकलाई पक्राउ गरेको हो।

यो कम्पनी वाङ फुक कोर्टको नवीकरण कार्यको परामर्शदाता थियो। यसअघि बिहीबार प्रेस्टिज कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कम्पनीका तीन वरिष्ठ कर्मचारी, जसमा दुई निर्देशक पनि थिए, गैरइच्छिक हत्या आरोपमा पक्राउ परेका थिए।

के के भयो ?

– १२८ जनाको मृत्यु, जसमा एक वृद्ध दमकलकर्मी पनि छन् ।
– १६ वटा शव अझै भवनभित्र रहेको बताइएको छ ।
– अहिलेसम्म ५६ जना अस्पतालमा उपचाररत छन्।
– ७६ जना घाइते, जसमा ११ दमकलकर्मी पनि छन् ।
– उद्धारका लागि आएका २५ वटा कल अझै अनसोल्भ्ड ।
– जलेको भवनबाट थप शव निकालिएका छन् ।
– उद्धार र खोजतलासको काम निरन्तर चलिरहेको छ ।
– आठवटै आवासीय ब्लक २०२४ जुलाईयता नवीकरणमा थिए । जसमा बाँसको डन्डा र हरियो जालीले पूरै भवन छोपिएको थियो।
– लिफ्टको झ्यालमा प्रयोग गरिएको अत्यन्तै दहनशील स्टायरोफोम (फिङगर) ले आगो तीव्र रूपमा फैलिएको सरकारी दाबी छ।
– वितरित जाली तथा आवरण सामग्री पनि सुरक्षा मापदण्डअनुसार नरहेको निष्कर्ष निकालिएको छ ।
– ३३० मिलियन हङकङ डलर बराबरको मर्मत–सम्भार परियोजनामा आईसीएसीले भ्रष्टाचार अनुसन्धान सुरु गरेको छ ।

घटनापछि हङकङका प्रमुख कार्यकारी जोन लीले सबै सार्वजनिक आवास परियोजनामा भइरहेको नवीकरण कार्यको निरीक्षण गर्न निर्देशन दिएका छन्।

प्रारम्भिक अनुसन्धानले लिफ्ट झ्यालहरूमा राखिएको अत्यन्तै दहनशील स्टायरोफोमले आगो केही मिनेटमै सबै तल्लामा फैलिएको देखाएको छ।

बाहिरी भागमा प्रयोग गरिएको हरियो मेस जाली र ढकनी पनि सुरक्षा मापदण्डविपरित रहेको अधिकारीहरूको निष्कर्ष छ।

आगलागी बुधबार दिउँसो २:५१ बजे सुरु भएको थियो। केही मिनेटमै आगो भीषण बन्दै धेरै ब्लकमा फैलियो। बाहिरबाट खिचिएका भिडियोमा बाँसको डाँडो र हरियो जालीमा आगो चर्को गतिमा फैलिएको देखिन्छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले बुधबार साँझ संवेदना प्रकट गर्दै मृतकको परिवारलाई सहयोग पुर्‍याउन र घाइतेको उपचारमा कुनै कमी नहुने सुनिश्चित गर्न निर्देशन दिएका छन्।

घटनामा परेर बेपत्ता २०० जनाको अवस्था अस्पष्ट छ । अहिलेसम्म ७९ जना घाइतेको विवरण आइसकेको छ।

सुरुमा ४६७ जना परिवारले आफन्त बेपत्ता भएको जानकारी दिएका थिए, जसमा करिब २०० जनाको अवस्था अझै स्पष्ट छैन।

सुरक्षा सचिव क्रिस टाङले मृत्यु संख्या १२८ पुगेको पुष्टि गरेका छन् । अझै शव फेला पर्न सक्ने चेतावनी दिएका छन् । घटनास्थलबाट हालसम्म १०८ वटा शव उठाइएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  १ : ०८ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका