बागलुङको सहिदमार्ग स्तरोन्नतिको पर्खाइमा « Khabarhub

बागलुङको सहिदमार्ग स्तरोन्नतिको पर्खाइमा


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


बागलुङ– बागलुङको ताराखोला गाउँपालिकाको काठेखोलाको रिजा चोकबाट ताराखोला जोड्ने मुख्य सडकका रूपमा रहेको सहिदमार्ग स्तरोन्नति हुन नसक्दा सास्ती बढेको छ । श्रमदानमार्फत खनिएको उक्त सडक कालोपत्र नहुँदा यातायातका साधन सञ्चालनमा कठिनाइ भएको छ ।

सङ्घीय सरकारले बजेट व्यवस्थापन गर्न नसक्दा अहिले मुख्य सडकका रूपमा रहेको सहिदमार्गको काम हुन नसकेको हो । ताराखोला गाउँपालिकाको शाखा सडकका रूपमा रहेको त्रिशूलचोक हुँदै माझखर्क सडक कालोपत्र भइसक्दा पनि गाउँपालिकाको मुख्य सडक भने स्तरोन्नति हुन सकेको छैन । 

गाउँपालिकाको मध्यभागलाई समेटिएको सहिदमार्गलाई गाउँपालिकाको मुख्य सडकका रूपमा लिइएको छ । शाखा त्रिशूलचोकबाट माझखर्क र हटिया हुँदै गाईघाट झरनातर्फ सडक कालोपत्र हुन लाग्दा पनि मुख्य सडक कालोपत्र हुन सकेको छैन ।

सडक कालोपत्र गर्ने गरी सङ्घीय सरकार तथा एसियाली विकास बैंकले पटक–पटक सडकको सर्भे गरे पनि कालोपत्र भने गर्न सकिएको छैन । ताराखोलाको त्रिशूलचोकबाट माझखर्क गाउँसम्म सडक कालोपत्र गरिएको छ । तर रिजालचोकबाट ताराखोला गाउँसम्म झण्डै ३० किलोमिटर सडक निर्माण नहुँदा यात्रुलाई समस्या भएको छ ।

ताराखोला–सरपाण्डी–खरीखोला सडक कालोपत्र भए पनि ताराखोला गाउँपालिकालाई समेटिएको मुख्य सडक कालोपत्रका लागि आवश्यक पहलकदमी भइरहेको गाउँपालिकाका अध्यक्ष हिमाल विकले बताए । सङ्घीय सरकार र एसियाली विसका बैंकमार्फत सडक कालोपत्र गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।

हटिया–ताराखोला, सरपाण्डी ताराखोला र सहिदमार्गका तीन सडकले ताराखोलाको विकासको ढोका खोलेका छन् । सहिदमार्ग लामो र ठूलो सडक भएकाले करोडौँ बजेट लाग्ने भएकाले सडक कालोपत्रमा जान केही ढिलाइ भएको हो ।

गाउँपालिकाको पहिलो प्राथमिकतामा रहेको रिजालचोकबाट भात खाने डाँडा हुँदै रुम फेद पुग्ने २६ किमी सडकलाई गाउँपालिकाले सहिद मार्गको नामकरण गरेको हो । 

उक्त सडकको भने काम अघि बढ्न सकेको छैन । गाउँपालिकाले ठाउँ–ठाउँमा स्तरोन्नतिको काम गरे पनि बर्खामा सडक हिलाम्मे हुँदा सवारीसाधन फस्ने गरेको यात्रुको गुनासो छ । 

ताराखोला सरपाण्डी खरीखोला सडकको छ किमी सडक कालोपत्र भइसकेको छ । गलकोट हुँदै गाईघाट झरनासम्मको सकडसमेत कालोपत्र गर्ने क्रममा छ । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १० : ४५ बजे

अनुहारको अनौठो सजावटले विश्वकपमा भाइरल टर्किस समर्थक उडी नेको

काठमाडौं- फिफा विश्वकपमा खेलाडी मात्रै होइन, रंगीन समर्थकहरू पनि चर्चाको

विभिन्न स्थानबाट लागूऔषधसहित ३१ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल