उदयपुरमा १५ हजार पशुलाई खोप « Khabarhub

उदयपुरमा १५ हजार पशुलाई खोप


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको आठ पालिकामा हालसम्ममा १५ हजार पशु चौपायलाई लम्पी स्किन रोगविरुद्धखोप दिइएको छ ।

जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा तथा बाँकी पाँच प्रतिश भैँसीमा खोप लगाइएको हो ।

सबैभन्दा बढी खोप जिल्लाको त्रियुगा नगरपालिकाभित्रका पशुलाई लगाइएको पनि जिल्ला भेटेरेनरी तथा पशुसेवा कार्यालय उदयपुरले बताएको छ ।

अहिलेसम्म जिल्लाको बजेटले औषधि खरिद गरेर जिल्लाभरिका कुल ६० प्रतिशत पशु चौपायालाई लम्पी स्किन रोगविरुद्धको खोप लगाउने कार्य पूरा भएको प्रमुख साहले बताए ।

अब ४० प्रतिशत पशु चौपायालाई जिल्लामा खोप लगाउन बाँकी रहेको प्रमुख साहले बताए । गत चैतदेखि उदयपुरका पशु चौपायामा देखापरेको लम्पी स्किनका कारण हालसम्ममा जिल्लामा करिब पाँच सय ६० पशु चौपाया मरेका छन् भने २० हजारभन्दा बढी सङक्रमित भएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ११ : ३२ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका