पुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति « Khabarhub

पुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेनी– गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पर्यटकीयस्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताएका छन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दासँग बिहीबार भएको भेटघाटका क्रममा उनले भने ‘कास्कीको पर्यटकीयस्थल घान्द्रुुक जोड्ने सडक स्तरोन्नति गर्न चालु आर्थिक वर्षमा बहुवर्षीय ठेक्का लाग्ने गरी रु चार करोड बजेट व्यवस्थापन भएको छ ।’ उनका अनुसार पोखरेबगरदेखि चित्रे जोड्ने सडक संघीय सरकारबाट स्तरोन्नतिको क्रममा छ ।

चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्न चालु आवमा रु तीस लाख विनियोजन भएको छ भने आगामी वर्ष बहुवर्षीय ठेक्का लगाउने गरी बजेट व्यवस्थापन गरिएको छ । 

पुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति गरी पर्यटकीयस्थलको यात्रालाई सुरक्षित र सहज बनाउने प्रदेश सरकारको प्राथमिकता रहेको मन्त्री जुग्जालीले घोडेपानीसम्म सडक कालोपत्र गर्ने जानकारी दिए । सहरी विकास मन्त्रालयमार्फत सञ्चालित पोखरेबगर–चित्रे सडक आयोजनालाई पूर्णता दिन र हलेखर्क खण्डमा पहिरोका कारण जोखिमयुक्त बनेको सडकलाई मर्मत गर्न सम्बद्ध कार्यालय तथा मन्त्रालयमा समन्वय गर्ने मन्त्री जुग्जालीले बताए।

घोडेपानीका बासिन्दा भीम गर्बुजाले घोडेपानी हुँदै कास्कीको उल्लेरी जोड्ने सडकको मार्ग जोड्न सकेमा पोखरा–जोमसोम सडकको कास्की नयाँपुलदेखि म्याग्दी पोखरेबगर खण्डको वैकल्पिक र छोटो सडक हुने उनले जानकारी दिए ।

घोडेपानी आमा समूहका पदाधिकारीले सङ्ग्रहालयको भवन निर्माणका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरे । मन्त्री जुग्जालीले म्याग्दी र कास्कीको अन्नपूर्ण गाउँपालिका जोड्ने सडक निर्माणका लागि चालु आवमै बजेट व्यवस्थापन भएको र आमा समूहको सङ्ग्रहालय भवनका लागि सम्बद्ध मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाए । 

म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–८ नागीका बासिन्दा र जनप्रतिनिधिको अनुरोधमा पूर्वाधार विकास कार्यालय पर्वतमार्फत फलामेडाँडादेखि नागी जोड्ने सडक मर्मत गरेर यसपालिको जनैपूर्णिमा पर्वमा नागीबाराही तालमा जनैपूर्णिमा मेलामा आउने भक्तजनलाई सहजरुपमा आवतजावत गर्ने व्यवस्था मिलाएको मन्त्री जुग्जालीले जानकारी गराए । 

यसअघिको सरकारमा दुई महिना प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका जुग्जालीले सो मन्त्रालयमार्फत घोडेपानीमा गुरासँ पार्क बनाउन बीस लाख बजेट भएको र सोको कार्यान्वयन गरेकोमा स्थानीयवासीलाई धन्यवाद दिए । 

प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले यसअघिका वर्षको तुलनामा यसपालि प्रदेश सरकारबाट म्याग्दीमा बजेट बढी आएको र त्यसको कार्यान्वयन भएमा पूर्वाधारको क्षेत्रमा जनताले परिवर्तनको महसुस गर्ने बताए । 

अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ को स्वातफलाते सडक निर्माणका लागि गत वर्ष रु ३५ लाख विनियोजन गरेको उनले बताए । चालु आवमा पोखरेबगर पाउद्धार किन्दु स्वाँत सडकलाई रु ८० लाख, शिखमा आवासीय विद्यालयको पूर्वाधारका लागि रु ५० लाख, तल्लो र उपल्लो गाउँको खानेपानीका लागि रु दश-दश लाख, खोपारामा पर्यटन पूर्वाधारका लागि रु २० लाख विनियोजन भएको उनले बताए । 

लरेनी खानेपानीलाई रु १० लाख र शिख माविको होस्टल व्यवस्थापन गर्न रु आठ लाख विनियोजन भएको बताए। मन्त्री जुग्जाली र प्रदेशसभा सदस्य भण्डारीसँग शिखका आमा समूह र युवा क्लबले बहुउद्देश्यीय खेलमैदान र भवनका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेका थिए । मन्त्री जुग्जाली र प्रदेशसभा सदस्य भण्डारीले बहुउद्देश्यीय भवन र खेल मैदान निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  १२ : २६ बजे

प्रिमियर लिग : सिटीको जितमा नायक बने हालान्ड, खेल सुरु भएको पाँच मिनेटमै गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत बिहीबार राति भएको खेलमा

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु गरेका

स्पेनिस ला लिगा : यामलको निर्णायक गोलमा बार्सिलोना विजयी

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको

फोहोर पनि बिक्रीमा…

गुल्मी– गुल्मी सदरमुकाम तम्घासमा फोहोर बिक्री हुन थालेको छ ।