गिद्ध संरक्षण सप्ताहका अवसरमा सौराहामा सरसफाइ « Khabarhub

गिद्ध संरक्षण सप्ताहका अवसरमा सौराहामा सरसफाइ


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

चितवन– गिद्ध संरक्षण सप्ताहका अवसरमा आज सौराहामा सरसफाइ कार्यक्रम गरिएको छ । सरोकारवाला सङ्घसंस्थाको सहकार्यमा राप्ती किनारमा सरसफाइ गरिएको हो ।

संकटापन्न अवस्थामा पुगेको गिद्ध संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो । मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति र समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान बछौलीको आयोजना तथा वर्ड एजुकेशन सोसाइटी, नेचर गाइड एशोसियसन र सौराहा लेडी जेसीजको सह-आयोजनामा कार्यक्रम गरिएको हो । शनिबार स्कुलका विद्यार्थीलाई कुमरोज सामुदायिक वनमा घुमाएर गिद्धसहितका चराको अवलोकन र महत्वका बारेमा जानकारी गराइँदैछ ।

सरसफाइ कार्यक्रम चितवन राष्ट्रिय निकुञ्ज सौराहा सेक्टरका प्रमुख शान्तबहादुर मगरको प्रमुख आतिथ्यतामा भएको थियो । उनले गिद्धको सङ्ख्यालाई पुरानै अवस्थामा फर्काउन मुस्किल रहे पनि जोगाउनेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए ।  

कार्यक्रममा वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष टीका गिरीले नेपालमा गिद्ध संकटापन्न अवस्थामा रहेको जनाउँदै चितवनमा यसको प्रजनन् हुन छाडेको बताए । जाडो महिनामा अन्तबाट गिद्ध चितवन आउँछन् । तर चितवनमा गिद्ध छैन । 

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाकी प्रमुख रचना शाह, नेपाली सेनाका गुल्मपति हरि तिवारी, वडा नं ५ का वडाध्यक्ष बालकृष्ण चापागाईं, नेचर गाइड एशोसियसनका अध्यक्ष अनिलकुमार गुरुङ, बाघमारा वनका अध्यक्ष जितु तामाङ, चित्रसेन वनकी सचिव रिता थापा लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ३ : ०० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००