अमेरिकी सिनेटर होलेन र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता « Khabarhub

अमेरिकी सिनेटर होलेन र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका छन् ।

सिंहदरबारमा भएको भेटवार्तामा नेपाल र अमेरिकाबीच द्विपक्षीय र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

श्रीलङ्का, नेपाल र माल्दिभ्सको औपचारिक भ्रमणमा रहेका सिनेटको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य होलेन शुक्रबार काठमाडौं आइपुगेका हुन् ।

होलेनको भ्रमणअघि अमेरिकी कंग्रेसको पाँच सदस्यीय प्रतिनिधिमण्डलले नेपाल भ्रमण गरेको थियो । टोलीको नेतृत्व मार्क पोकान, यूएस कङ्ग्रेसनल एलजीबीटी इक्विलिटी ककसका सह-अध्यक्ष र कंग्रेसनल प्रोग्रेसिभ ककसका अध्यक्ष एमेरिटसले गरेका थिए।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ५ : १५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन