एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि  « Khabarhub

एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि 


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन शनिबारदेखि बुटवलमा सुरु हुँदै छ । 

दुई दिनसम्म चल्ने अधिवेशनको सबै तयारी पुरा भएको एमालेले जनाएको छ । अधिवेशनमा प्रदेशका १२ जिल्ला र जनसंगठनबाट समेत गरी १ हजार ४ जना प्रतिनिधिले भाग लिने अधिवेशन आयोजक कमिटीले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी ओलीले उद्घाटन गर्ने जानकारी दिइन् । अधिवेशनबाट प्रदेशको नेतृत्वमा आउनका लागि निर्वाचन समेत गरिने बताइएको छ । इन्चार्ज अर्यालले सहमतिय नेतृत्व चयनका लागि बाटो खुल्ला गरेको र सहमतिमा पुग्न नसके निर्वाचनबाट टुङ्गो लगाउने बताए ।

प्रदेश कमिटीको अध्यक्ष पदका लागि राधाकृष्ण कँडेल र हरिप्रसाद रिजालले प्रचार प्रसार गर्दै आएका छन् । इन्चार्ज अर्यालले प्रदेशको नेतृत्वका लागि आकांक्षीहरु धेरै भएपनि पार्टीमा कुनै प्रकारको गुट नरहेको दावी गरे ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ५ : ४८ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन