काठमाडौँमा रोपाइ जात्रा सम्पन्न  « Khabarhub

काठमाडौँमा रोपाइ जात्रा सम्पन्न 


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको बौद्धमा शुक्रबार रोपाइ जात्रा धुमधामका साथ सम्पन्न भएको छ । 

हरेक वर्ष गाईजात्राको भोलिपल्ट बौद्धमा रोपाइ जात्रा गर्ने गरिन्छ । प्रताप मल्लको पालाबाट बनाइदै आएको रोपाई जात्रालाई आफूहरूले निरन्तरता दिँदै आएको स्थानीयहरुको भनाइ छ । झाँकी सहितको जात्रामा बौद्ध परिसरबाट रोपाइ सुरु गरेर बौद्ध परिक्रमासंगै बौद्ध पिपलबोटदेखी टुसालसम्म पुगेको थियो । 

बौद्धको रोपाइँ जात्रामा खेतमा छ्यापेको हिलोको प्रतीकका रूपमा विभिन्न रङ दली सांस्कृतिक झाँकीसहित रोपाहारले रोपेको र बाउसेले बाउसे गरेको अभिनय गर्दछन् । किसानलाई फुर्सद भएकाले रोपाइँ जात्रामा कामको थकान मेटिने मनोरञ्जन हुने व्यङ्ग्य गर्ने गरिन्छ । रोपाइ जात्राका अवसरमा बौद्धनाथ क्षेत्र विकास समिति लगायतले पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो । 

सो क्रममा पर्यटनमन्त्री सुदन किरातीले नेपाल संस्कृतिले धनी देश रहेको भन्दै सांस्कृतिक पर्यटनमार्फत मुलुकको समृद्धि गर्न सकिने बताए । उनले पर्यटनसँग जात्राहरु जोड्नुपर्ने भएकाले पर्व संस्कृतिजात्राहरूको मेला महोत्सव गर्ने गरि तयारी गरिएको जानकारी दिए । 

विशेषतः तामाङ, तामाङ, शेर्पा, गुरुङ, नेवार र अन्य जातिहरू समेत यसमा सहभागी हुन्छन् । धा बाजा, लाखे नाच, मकुन्डोको प्रयोग आदिले रोपाइ जात्रा तान्त्रिक, धार्मिक, सांस्कृतिक महत्वको जात्रा बनेको संस्कृतिविद्हरुको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ६ : ३५ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन