श्रीलंकामा आर्थिक संकटपछिकै सबैभन्दा कम मुद्रास्फीति « Khabarhub

श्रीलंकामा आर्थिक संकटपछिकै सबैभन्दा कम मुद्रास्फीति


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– संकटग्रस्त श्रीलंकाको मुद्रास्फीति अगस्टमा ४.० प्रतिशतमा झरेको छ । 

यो गत वर्षको अकल्पनीय आर्थिक संकटपछिको सबैभन्दा कम भएको सरकारी तथ्यांकले शुक्रबार देखाएको छ । गत सेप्टेम्बरमा ६९.८ प्रतिशत रहेको मुद्रास्फीति दर जुलाईमा ६.३ प्रतिशत भएको र अगस्टमा आइपुग्दा ४.० प्रतिशतमा झरेको हो । 

श्रीलंकाको केन्द्रीय बैंकले यो आँकडाले आफ्नो देशको मुद्रास्फीतिको घट्दो प्रवृत्तिलाई निरन्तरता दिने अपेक्षा गरेको छ । आर्थिक संकटका कारण श्रीलंकाले गत वर्ष ४६ अर्ब अमेरिकी डलरको विदेशी ऋण तिर्न पनि नसकेपछि मार्चमा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट चार वर्षको लागि २.९ अर्ब अमेरिकी डलर कर्जा प्राप्त गरेको थियो ।

आईएमएफको एक टोली यसै महिना कोलम्बोमा श्रीलंकाको संकटग्रस्त वित्तको प्रगतिको समीक्षा गर्न र थप ३३ करोड अमेरिकी डलर ऋण किस्ता जारी गर्ने निर्णय गर्न कोलम्बोमा आउनेछ । खराब आर्थिक संकट व्यहोरेको पछिल्लो अवस्थामा ‘सुधारको अस्थायी संकेत’ देखिएको अन्तर्राष्ट्रिय ऋणदाताले जनाएको छ भने कोलम्बोलाई अझै कडा सुधारहरू अगाडि बढाउन आवश्यक रहेको चेतावनी दिएको छ । 

गत वर्षको आर्थिक संकटका कारण महिनौंसम्म नागरिक अशान्ति मच्चिएको थियो जसले अन्ततः तत्कालीन राष्ट्रपति गोटबाया राजापाक्षेलाई अपदस्थ गरेको थियो ।

उनका उत्तराधिकारी रनिल विक्रमासिङ्घेले आर्थिक सुधारका लागि करको दायरा दोब्बर पारेका थिए, ऊर्जा क्षेत्रमा दिइएको उदार अनुदान हटाएका थिए र राज्यको राजस्व बढाउनका लागि प्राय वस्तु तथा सेवाहरूको मूल्य बढाएका छन् । सुधारको यस्तै प्रयास स्वरूप सरकारले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्यमा ११.२ प्रतिशतसम्म वृद्धि गरेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ७ : १९ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज