ताप्लेजुङ गोल्डकप : रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा « Khabarhub

ताप्लेजुङ गोल्डकप : रेडहर्ष फुटबल क्लब इलाम सेमिफाइनलमा


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – ताप्लेजुङमा बिहीबारदेखि सुरु भएको ताप्लेजुङ गोल्डकपअन्तर्गत आज भएको खेलमा झापाको गोर्खा स्पोर्टिङ क्लबलाई २–० गोलको अन्तरले पराजित गर्दै इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफको १० औँ मिनेटमा रेडहर्षका युवराज राईले एक पहिलो गोल गरेका थिए, भने ५८ औँ मिनेटमा आशिष राईले दोस्रो गोल गरेका थिए ।

यसअघि हिजो भएको खेलमा घरेलु टिम मानाभरा युथ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ ।

यसैबीच भोलि दिउँसो १ बजेपछि हुने खेलमा फिदिम स्पोर्टिङ क्लब पाँचथर र पथरी ११ मोरङबीच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

लाखे जात्राका अवसरमा आयोजित प्रतियोगितामा दार्जिलिङको युनाइटेड खर्साङ क्लबसहित आठ टिम सहभागी छन् । विसं।२०२९ देखि लाखेजात्राका समयमा आयोजना हुँदै आएको फुटबल प्रतियोगिता विगत तीन वर्षदेखि कोभिड–१९ को महामारीलगायतका कारण रोकिएको थियो । यसअघि पाथीभरा गोल्डकपको नाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यो पटक ताप्लेजुङ गोल्डकपका रूपमा सञ्चालन भएको हो ।

यही भदौ २० गते सम्पन्न हुने प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

लाखेजात्रासँगैको खेलकुद प्रतियोगितामार्फत जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने, बजारलाई चलायमान बनाउने, नयाँ प्रतिभाको सिर्जना गर्ने, अग्रजको सम्मान र इतिहासलाई बचाई राख्ने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्न सम्पूर्णरूपले जुटेको अध्यक्ष गुरुङले बताएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : १९ बजे

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति

मिराज नेतृत्वमा सरकारविरुद्ध आन्दोलन, माइतीघरमा सुरक्षा कडा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज प्रदर्शन गर्दै