सभापति देउवाद्वारा कांग्रेसका १५ विभागमा प्रमुख मनोनित | Khabarhub Khabarhub

सभापति देउवाद्वारा कांग्रेसका १५ विभागमा प्रमुख मनोनित


१५ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधान बमोजिम पार्टीका विभिन्न १५ केन्द्रीय विभागमा प्रमुख मनोनित गरेका छन्।

उनले आज कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय, पुष्पा भुसाललाई महिला, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार, किरण यादवलाई तराई—मधेश समन्वय विभागको प्रमुखमा मनोनित गरेका हुन् ।

यसैगरी उनले केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई थारु, गेहेन्द्र गिरीलाई जेष्ठ नागरिक समन्वय, आङ्गेलु शेर्पालाई पर्यटन, डा रणबहादुर रावललाई गैरसरकारी संस्था समन्वय, दिलमान पाख्रिनलाई आदिवासी जनजाति, प्रकाश रसाईली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा मनोनित गरेको पार्टी कार्यालयले जनाएको छ ।

त्यस्तै रङ्गमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं सीता थपलिया (उर्मिला)लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको प्रमुखमा मनोनित गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ११ : ०६ बजे

साफ च्याम्पियनसिप खेलेर फर्किएको महिला टोलीलाई स्वागत (तस्बिरहरू)

काठमाडौं– दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप खेलेर

शेयर बजारमा उछाल, ८१ अंकले बढ्यो नेप्से  

काठमाडौं– शेयर बजारमा उछाल गएको छ । मंगलबार नेपाल स्टक

‘आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन हुनेगरी काम भइरहेको छ’

काठमाडौ– शहरी विकास मन्त्रालयले संसद्को आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट

ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने

लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण

दोधारा चाँदनी– कञ्चनपुरमा लागूऔषध सेवन र ओसारपसार चुनौतीपूर्ण बनेको छ